BREAKING NEWS:अख्तियारको प्रमुखमा प्रेम कुमार राई,आयुक्तमा किशोर सिलवाल र जयबहादुर चन्द सिफारिस
काठमाडाैँ । संवैधानिक परिषदको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पुर्ब गृहसचिब प्रेमकुमार राईलाई रिफारिस गर्नेे सम्बन्धमा परिषदका सबै सदस्यको एक मत रहेको छ ।
स्रोतका अनुसार आज बसेको संबैधानिक परिषदको बैठकमा अख्तियारको प्रमुख आयुक्तमा पुर्ब गृहसचिव प्रेमकुमार राई र आयुक्तमा उच्च अदालतका न्यायधिश किशोर सिलवाल र नेपाल प्रहरीका पुर्ब अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दलाई सिफारिस गर्नेे सम्बन्धमा परिषदका उपस्थित सदस्य एक रहेको छ ।
पुर्ब गृहसचिव राई निजामति क्षेत्रका कुशल प्रशासकको रुपमा छवि भनाएका छन ।
त्यस्तै आयुक्तमा सिफारिस भएका उच्च अदालतका न्यायधिश सिलवाल न्याय क्षेत्रमा एक अब्बल न्यायधिस हुन, पुर्ब अतिरिक्त महानिरिक्षक चन्द पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुदा नेपाल प्रहरीको महानिरिक्षकको लागी सिफारिस भएका थिए । पछि बरियता विवादका कारण उनको सिफारिस रद्द गरिएको थियो ।
प्रमुख आयुक्तमा सिफारिस प्रेम कुमार राई को हुन ?
५८ वर्षअघि विकट लाग्ने संखुवासभा खोरन्डेमा एउटा शिशुको चित्कार गुन्जियो । गाउँले उत्सुक भए, ‘पुण्यप्रसादको घराँ के जन्मिए होलान् ?’ क्षणभरमै गाउँले भेला भए, त्यसपछि उनीहरूको उत्सुकता उत्साहमा बद्लियो ।
‘लौ पुण्यले छोरा जन्माए,’ एकत्रित गाउ“ले कानेखुसी गर्न लागे । संखुुवासभा खादबारी–२ मा पर्ने खोरन्डे गाउ“ खासै विकास भइसकेको थिएन । जहा“‘जागिर होइन, लाहुर जानुपर्छ’ भन्ने बोलवाला थियो । त्यस्तो समय जन्मिएका थिए, प्रेमकुमार राई ।मध्यम परिवार । समुदायको ‘ब्रिटिस वा इन्डियन सेनामै जानुपर्छ’ भन्ने अडान । ‘तर, मेरो रुचि कहिल्यै त्यतातिर भएन,’ गृहसचिवको अन्तिम फेरोमा रहेका राईले सुनाए, ‘जनताको सेवा नै मेरो अभिलाषा हो, अवकाशपछि पनि कुनै न कुनै रूपमा जनसेवामै समर्पित रहनेछु ।’
‘सादा जीवन, उच्च विचार’ मूलमन्त्र यसैलाई बनाएका छन्, उनले । ‘मेरा अधिकांश साथी पढ्न छोडेर लाहुर गए, उनीहरूको रुचि त्यसैमा थियो,’ गृह मन्त्रालय कार्यकक्षभित्र टा“गिएको हिमालको चित्रझैं उनी पनि अटल सुनिए, ‘म अलिक पृथक स्वभावको थिए“, ‘आफ्नै देशमा पढेर देश र जनताका लागि केही गर्नुपर्छ भन्ने सोच ममा पलाएको थियो । त्यसैले लाहुर जाने सपना सदाका लागि त्यागी दिए“ ।’
****************
आउ“दो बुधबार गृहसचिव राईका लागि सरकारी सेवाको अन्तिम दिन बन्दै छ । ‘अहिलेसम्म जे–जति गरें, आत्मासाक्षी राखेर काम गरेको छु, मैले आफू खस्ने काम कहिल्यै पनि गरिन“, गर्ने पनि छैन,’ २२ माघमा सेवानिवृत्त हुन लागेका उनी अलि भावुक देखिए, ‘सेवाकालमा कसैलाई चिढाउने काम गरिन“, यदि भुलवश त्यसो भएको भए क्षमायाचना माग्दछु ।’
काम–कर्तव्यमा राईले कहिल्यै पनि सम्झौता गरेनन् । दिनरात–घामपानी उनको सूचीमै परेनन् । सबेरै कार्यकक्ष पुगिसक्ने गृहचसचिव राति १० बजेसम्म पनि काममै हुन्थे । कहिलेकाही“ त घरपरिवारै पनि बिर्सन पुग्थे उनी । इमानदार र स्वाभिमानी छवि बनाएका ‘हाकिम सा’ब’ भन्छन्, ‘परिवारभन्दा सरकारी कामलाई महŒव दिए“ । निजामती कर्मचारीले शासक होइन, सेवक भएर काम गर्न सक्नुपर्छ ।’
हुन पनि निजामती प्रशासनभित्र एउटा भनाइ नै छ, ‘राईजस्ता सचिव १० जना हुने हो भने मुलुकको कायापलट हुन्छ ।’ यो सुनेर गृहसचिव फिस्स हा“से । ‘त्यो मप्रति उहा“हरूको सदासयता हो, यसमा कृतज्ञ छु,’ सदाबहार शालीनता उक्काउ“दै उनले थपे, ‘कर्मस“ग डराउनुहु“दैन, गर्दै जानुपर्छ । यसो भन्दैमा कुकर्म गर्नुपर्छ भनेको होइन, सत्कर्म र सत्मार्गमा अडिग भएर हि“ड्न सक्नु नै जीवनको सार्थकता हो ।’
*************************
भव्य बिदाइ तयारीमा जुटिसकेका छन्, निजामती कर्मचारी । ‘शालीन, भद्र, सदाचार र इमानदार’ हाकिमस“ग सहकार्य छुट्दै गर्दा उनीहरू भावुक पनि छन् । राईको सेवानिवृत्तिपछि निजामती प्रशासनले एउटा ‘धरोहर’ गुमाउने महसुस गरेका छन्, निजामती कर्मचारी । उनीहरूको अनुभवमा राईबिनाको निजामती क्षेत्र ‘मालीबिनाको फूलबारी’जस्तै हुनेछ ।
यद्यपि, गृहसचिव राईले यो सत्य भुलेका छैनन्, ‘सबै दिन एक समान हु“दैन ।’ उनले काम–कर्तव्यलाई ‘प्रेम’ गरे । उनलाई सहकर्मीले ‘प्रेम’ गरे, दर्साए । नामजस्तै ‘प्रेममय’ बनेको छ, उनको जीवन ।
‘एसएलसी उतीर्ण हुनासाथ पढेर ठूलो मान्छे बन्ने इच्छा ह्वात्तै पलायो,’ सचिव राई विगत कोट्याउन थाल्छन्, ‘२०३५ सालमा काठमाडौं आए“, पुतलीसडकको शंकरदेव क्याम्पसमा आइकम भर्ना भए“ ।’
पढाइ तेज थियो । एमकम पूरा भयो । त्यसो त, बिकम पढ्दै गर्दा निजामती सेवामा प्रवेश गरिसकेका थिए, उनले । ‘त्यहा“ जानुअघि आयल निगम र कृषि विकास बैंकमा थिए“,’ उनी सम्झन्छन, ‘जागिरका लागि जहा“–जहा“ परीक्षा दिए“, सफल भए“ ।’
निजामतीमा छिर्नुअघि आयल निगममा सुब्बा हु“दा ‘हाकिम’का बद्मासी र कुकृत्यको खुृलेरै विरोध गरे, राईले । ‘विरोध गर्दा उल्टै मलाई प्रताडित बनाए, जति प्रतिरोध गरे पनि बद्मासी रोकिएन,’ विगत सम्झेर शालीन अनुहारमा हल्का रिस मडारिए,‘अन्याय, अत्याचार र बद्मासी टुलुटुलु हरेर बस्न सकिन“, राजीनामा दिएर निस्किए“ ।’
************************
कुरो, २०४० सालतिरको हो । यसपछि राईको जीवनमा अर्को ‘टर्निङ प्वाइन्ट’ सुरु भयो । निजामती सेवामा अधिकृत । ‘जहा“ पुगें, सुधार प्रयास थालें,’ गृहसचिव आफ्ना अभियान बताउन थाले, ‘नियम कानुनअनुसार आउने जोकोहीले मबाट निराश हुनुपरेन, बलबुत्ताले भ्याएसम्म न्याय गरें ।’
ऐन नियमविपरीत हुने कुकृत्यका लागि ‘चट्टान’ बनिदिन्छन्, राई । नियमविपरीतका काम लिएर उनीकहा“ आउने हिम्मत कसैले गरेनन् । कर्तव्य निर्वाहमा निर्धक्क उनी भन्छन्, ‘निजामती सेवाभित्र न्याय दिन सकेंजस्तो लाग्छ, यही नै जीवनको सार हो ।’
हक्की स्वभाव र सदाचारिता उनको प्रवृत्ति । कामचोर र स्वार्थीमाझ ‘अप्रिय’ पनि ठहरिन सक्छन्, गृहसचिव राई । तर, कसैको कुभलो चिताउ“दैनन्, उनी । कर्तव्य निर्वाह नै उनको धर्म हो ।
‘हरेक कामको सहज समाधान प्रयास गरें, टेबुलमा आएको फाइल क्षणभरमै पनि टुंग्याए“,’ निजामती प्रशासनमा ‘खम्बा’ चित्रित राई ‘सहकर्मीस“ग सल्लाहमै पनि हरेक काम समयमै सकाउने गरेका छन् ।
********************
राईको सेवा निवृत्तिपछि निजामती प्रशासनले एउटा ‘धरोहर’ गुमाउने महसुस गरेका छन्, निजामती कर्मचारी । उनीहरूको अनुभवमा निजामती क्षेत्र ‘मालीबिनाको फूलबारी’जस्तै हुनेछ ।
‘क्विक डिसिजन’मा अब्बल गृहसचिव राई अन्य कयौं सहकर्मी जस्ता ‘द्वैत चरित्र’का छैनन् । ‘हुन्छ’ भने हुन्छ, ‘हु“दैन’ भने हु“दैन । बन्दुकको गोलीजस्तै उनको निर्णय पनि फर्कंदैन । ‘जे बोल्छु, त्यही गर्छु, नसक्ने बोल्दिन“,’ हक्की राई कार्यसम्पादनका दिन सम्झन्छन्, ‘कानुनले गर्न नमिल्ने जस्तासुकै दबाब आए पनि गरिन“ ।’
उपसचिवका लागि २०४९ सालमा लिखित प्रतिस्पर्धा गरे, राईले । त्यसमा पनि नाम निकाले । दिइएका परीक्षामा कहिल्यै
‘अनुत्तीर्ण’ सामना नगरेका उनै गृहसचिव राईले नै ल्याएका हुन्, बहुचर्चित भ्याट ऐन । उनले भ्याट ऐन कार्यदल सदस्यका रूपमा महŒवपूर्ण भूमिका निर्वाह गरे । सामान्य प्रशासन मन्त्रालयमा हु“दा कर्मचारी कल्याण योजना तथा नीति ल्याउनसमेत उनले अहम् भूमिका खेले जसलाई कर्मचारी सधैं सम्झन्छन् ।
उनीअघिका गृहसचिवको छुट्टै सान हुन्थ्यो । अघिपछि स्याल्युटसहित सुरक्षाकर्मी हुन्थे । तर, राई गृहसचिव भएपछि आफ्ना पनि सुविधा कटौती गरिदिए । ‘सर्वसाधारणका सन्तानलाई किन चाहियो अगुवापछुवा र स्यालुट ?’ उनी कड्किए, ‘त्यसैले आफैं सचिव भएपछि सबै कटौती गरिदिए“ ।’
गृहसचिवमा बहालपछि सेवा सुविधाभन्दा गृह प्रशासन सुधारमा उनको अहोरात्र खटन सुरु हुन थाल्यो । सुधारको नवीन मार्गचित्र बनाएरै उनी अघि बढे । सोही मार्गचित्रअनुसार विध्वंसात्मक गतिविधि न्यूनीकण हुन थाल्यो ।
*********************************
सुन तस्करीको जञ्जाल फैलि“दै थियो । मुलुक कानुनबिहीनजस्तै । जसले ‘जे गर्दा नि’ हुनेजस्तो । राईको गृहसचिव त्यही समयमा सुरु भएको हो । उनकै पालामा सुन तस्करीको आपराधिक सञ्जाल तोडियो । लामो समयदेखि रोकि“दै आएको विकास आयोजनासमेत उनकै सहजीकरणमा अघि बढ्यो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवका रूपमा रह“दा विभिन्न मन्त्रालयबाट आउने गलत प्रस्ताव सहजै रोक्थे, उनी । ‘सुशासन कायम गर्न रातदिन खटिएको मान्छे, कोहीस“ग किन डराउने ?’ सचिव हु“दै पर्यटन क्षेत्र सुधारमा महŒवपूर्ण भूमिका निर्वाह गरेका उनी आपूर्ति मन्त्रालयमा सचिव भए ।
निजामती सेवाले ‘निष्पक्ष र पारदर्शी सेवा दिनुपर्छ र सबैले यस्तै गरिरहेका छन् जस्तो लाग्थ्यो,’ राई निराश देखिए, ‘तर, मैले त्यस्तो पाइन“, सोचेभन्दा धेरै फरक पाए“ । हामीकहा“ अझै प्रणाली विकास हुन सकेको छैन ।’
उनकै कार्यकालमा ‘नतिजामूलक कार्यसम्पादन’ थालिएको थियो । जसको सिको प्रधानमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयले गरे ।
गृह मन्त्रालय मातहतका निकायको भौतिक क्षमता विकास, अध्यागमन सुधार, कारागार क्षमता विकास अपराध न्यूनीकरण जस्ता कार्यमा उल्लेख्य सफलता हासिल भएको उनको कार्यसम्पादन मूल्यांकनभित्र परेका छन् ।
***************************
२०७१ मा विशिष्ट श्रेणी (सचिव)मा पुगेलगत्तै राईले भ्रष्टाचार नियन्त्रणक निमयन निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सचिवसमेत भए । त्यहा“ पनिउनले सुशासन कायम गर्न प्रभावकारी छाप छाडे ।
‘निजामती सेवामा सिस्टम बस्न नसकेकाले सन्तोष गर्ने ठाउ“ छैन,’ जा“दाजा“दै उनले सुझाव पनि दिए, ‘राजनीतिक नेतृत्वबाटै निजामती प्रशासनमा सिस्टम बसाल्नुपर्छ, कर्मचारीसक्षम भए पनि सेवामा आइसकेपछि भने अधिकांशको क्षमता विलय हुने गरेको पाइएको छ ।’
हचुवाका आधारमा निर्णय हु“दा परिणाम आउन नसकेको सचिव राईको निक्र्यौल छ । ‘राज्यसत्ता चलाउने व्यक्ति दूरदृष्टियुक्त हुनुपर्छ, राष्ट्रप्रति जिम्मेवार बन्न सक्ने हो भने विकास र समृद्धि टाढा छैन,’ निजामती सेवामा ३५ वर्ष अनुभव स“गालेका प्रशासनविज्ञ राई थप्छन्, ‘योजना छनोट अनुसन्धानका आधारमा हुनुपर्छ, निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ । सिन्डिकेट र कार्टेलिङ पूर्ण अन्त्य हुनुपर्छ ।’
गृहसचिव राईले भने, ‘निजामती सेवामा पुरस्कार दण्डको व्यवस्था कडाइकासाथ हुनुपर्छ, सरकारी सेवामा जिम्मेवारी र कर्तव्यबहन नगर्नेका लागि यही नै अन्तिम अस्त्र हो,’ साढे तीन दशक सरकारी सेवा मैजारो हु“दै गर्दा उनले सुनाए, ‘काम र कर्तव्य अझै बा“की छन्, जसलाई सेवाबाहिर रहेर पनि पूरा गर्न सकिन्छ ।’
Comments
अरु समाचार
-
‘सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन्। नेपाल बार एशोसिएसन...
-
भ्रष्टाचार निवारण ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । ट्रासपरेन्सी इन्टरनेशन (टीआई) नेपालले आज...
-
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि राजनीतिमा आउन खोजेको भए स्वागतयोग्य रहेको बताएका छन्...
-
विकास निर्माणको काम प्रकृतिमैत्री ढंगले गरौँः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री तथा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै...
-
संविधान संशोधनको विषयमा सक्रियतापूर्वक काम भइरहेको छ: शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन्।...
-
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार...
-
सरकारी कामलाई प्रभावकारी बनाउन सरकार क्रियाशील: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दुई ठूला पार्टी मिलेर बनेको सरकारले जनताको अपेक्षा पुरा गर्न सरकारी कामलाई प्रभावकारी...
-
नेपाल र भारतबिच संयुक्त सैन्य अभ्यास मङ्गलबारदेखि
काठमडौं । द्विपक्षीय सम्बन्ध विस्तार तथा साझा सुरक्षा उद्देश्य प्राप्ति गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य...
-
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक...