मानव विकास सूचकांकमा नेपाल पाँच स्थान माथि उक्लियाे
काठमाडौं। मानव विकास सूचकांकमा पाँच अंक सुधारिँदै नेपाल विश्वको १४२औं स्थानमा उक्लिएको छ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८९ देशमध्ये नेपाल १४२औं स्थानमा उक्लिएको हो।
सन् २०१९ मा यूएनडीपीले सार्वजनिक गरेको तथ्यांकमा नेपालले दुई स्थान सुधार गर्दै १४७औं स्थानमा अटाएको थियो। त्यसको एक वर्षमा नै नेपालले ५ स्थानमा उक्लन सफल भएको हो।
सन् २०१९ मा नेपालको मानव विकास सूचकांक (एचडीआई) ०.६०२ छ। जुन, अघिल्लो वर्ष ०.५९५ थियो।
यसैगरी लैगिंक समानता र लैगिंक विकास सूचकांकमा पनि नेपाल १४२औं स्थानमै अटाएको छ।
यूएनडीपीले दीर्घ, स्थास्थ्य जीवन र औसत आयुका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ।
नर्वे पहिलो स्थानमा
मानव विकास सूचकांकमा विश्वका १८९ मुलुकमध्ये नर्वे पहिलो स्थानमा छ। नर्वेको मानव विकास सूचकांक ०.९७५ छ। नर्वे अघिल्लो वर्ष पनि स्थानमा थियो।
नर्वेपछि ०.९५५ सूचकांकसहित आयरल्याण्ड दोस्रो स्थानमा छ। त्यसपछि स्वीजरल्याण्ड तेस्रो र एसियाली मुलुक हङकङ चौथो नम्बरमा छ।
हङकङ मानव विकास सूचकांकमा एसियाली मुलुकको अग्रस्थानमा छ। हङकङपछि आइसल्याण्ड छैटौं, जर्मनी सातौं, अष्ट्रेलिया आठौं, नेदरल्याण्ड नवौं र डेनमार्क दशौं स्थानमा छन्।
यस्तै, फिनल्याण्ड र सिंगापुर समान इन्डेक्ससहित ११औं स्थानमा रहेको यूएनडीपीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।
दक्षिण एसियामा छैठाैं स्थानमा नेपाल
१४२औं स्थानमा उक्लिएको नेपाल दक्षिण एसियामा छैठाैं स्थानमा अटाएको छ। नेपालभन्दा अगाडि बंगलादेश, भारत, भुटान, माल्दिभस र श्रीलंका छन्।
यस्तै, पाकिस्तान र अफगानिस्तान भने नेपालभन्दा पछाडि परेका छन्। पाकिस्तान १५४औं र अफगानिस्तान १६९औं स्थानमा छन्।
यसैगरी, दक्षिण एसियाको पहिलो स्थानमा श्रीलंका ७२औं स्थानमा छ। यसैगरी दोस्रो स्थानमा माल्दिभस ९५औं स्थानमा छ। यसपछि भुटान १२९औं, भारत १३१औं र बंगालदेश १३३औं स्थानमा छन्।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












