मुख्यमन्त्री हुने रहरलाई ‘भित्ते मुख्यमन्त्री’ को रूपमा सीमित पारिन्छ: मन्त्री फुँयाल
हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन्। उनले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरे।
मन्त्री फुँयालले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि प्रदेशसभा सदस्यले गरेका हस्ताक्षरको दुरुपयोग भएको पाइएको तथा प्रस्तावमा हस्ताक्षर गरिएका सदस्यले आफ्नै दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमा आफ्नो नाम र हस्ताक्षर कीर्ते भएको बताएको उल्लेख गरे। उनले कसैलाई मुख्यमन्त्री बनाउन वा बनिन विकास र समृद्धिको अभियानलाई नै गम्भीर असर पर्ने गरी थालिएको अस्थिरताको बिजारोपण रोकिने र अमूक व्यक्तिको मुख्यमन्त्री हुने रहरलाई ‘भित्ते मुख्यमन्त्री’को रूपमा सीमित पारिने दाबी गरे।
सरकार गठन भएको तीन वर्ष पनि नपुग्दै भण्डै एक हजार ५०० किलोमिटर सडक बनाएको, १०० भन्दा बढी पुल बनाएको, सुरुङमार्ग निर्माण प्रारम्भ गरेको, विद्युतीय सवारी सञ्चालनको आधार तयार पारेको, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शुरुवात गरेको मन्त्री फुँयालले बताए।
यस्तै, उनले प्रदेशका विभिन्न अस्पतालमा आइसीयु तथा भेन्टिलेटरसहितको सेवा सञ्चालन गरेको, दुई हजारभन्दा बढी विद्यार्थी पढ्न सक्ने प्राविधिक विद्यालय निर्माण प्रारम्भ गरेको, जिल्ला जिल्लामा चक्लाबन्दी खेती शुरु गरी प्रदेशलाई आत्मनिर्भर बनाउन भूमिका खेलेको, किसानको उत्पादन सुरक्षित राख्न प्रदेशका सबै जिल्लामा शीतभण्डार निर्माण गरेको, अन्तर्राष्ट्रियस्तरको कृषि बजार स्थापनाको काम प्रारम्भ गरेको, दुग्ध तथा मासुजन्य पदार्थमा प्रदेशलाई आत्मनिर्भर बनाउन भूमिका खेलेको बताएका छन्।
युवालाई उद्यमशील बनाउन उद्यमशीलता कार्यक्रम शुरु गरिएको, हजारौँ घरबारविहीन नागरिकलाई पक्का घरको व्यवस्था गरेको, ज्येष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था गरेकोजस्ता मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेको कामहरुबाट आत्तिएका व्यक्तिहरुले गलत मनासायले सरकारलाई असफल देखाउन हस्ताक्षरको समेत कीर्ते गरी अविश्वासको प्रस्ताव दर्ता गरिएको उनको आरोप छ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











