प्रचण्ड-नेपाल निकट मिडियाले कपोकल्पित अफवहा फैलाएकोमा सर्वोच्चको चेतवानी
काठमाडौं । सर्बोच्च अदालतले प्रधानमन्त्रीले संवैधानिक इजलासका न्यायाधीशहरुलाई भेटेको भनी चलाइएको हल्ला मिथ्यापूर्ण, भ्रामक र कपोलकल्पित भन्दै खेद व्यक्त गरेको छ ।
सर्बोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले शुक्रवार साँझ विज्ञप्ति जारी गर्दै यस्ता कार्यहरु पत्रकार आचारसंहिता र कानून प्रतिकुल हुने भन्दै कानुनी दायरमा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण समेत गराएको छ ।
विज्ञप्तिमा भनिएको छ–न्यापालिकको स्वच्छता र अदालतको जनआस्थामा प्रतिकुसल प्रभाव पार्ने मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोलकल्पित समाचार सम्प्रेषण हुनु दुःखद र खेदजनक विषय हो ।
के भएको थियो त्यस दिन ?
शुक्रवार संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाई शुरु हुनै लाग्दा प्रधानमन्त्रीले सपना प्रधान मल्ल सहित न्यायाधीशहरुलाई प्रधानमन्त्रीले पुस २७ गते अपरान्ह भेटेको प्रचार गरिएको थियो ।
सो प्रचार सामाग्री विभिन्न पत्रकारलाई फेसबुक मेसेन्जर र भाइबरबाट पठाई सुनुवाई हुँदै गर्दा समाचार प्रकाशन गर्न आग्रह सहित आएको थियो । पत्रकारहरुले पुष्टि गर्न खोज्दा त्यस दिन बालुवाटारमा केपी ओली निकट वकिलहरुको छलफल भएको जानकारी प्राप्त भयो ।
निर्वाचन आयोगले लेखेको पत्रको जवाफ मस्यौदा गर्नुअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, महासचिव बिष्णु पौडेल र नेता सुवास नेम्वाङले कानुनविदहरुसँग राय लिन बालुवाटार बोलाइएको थियो ।
महान्याधिवक्ता अग्नि खरेल, अधिवक्ता रमेश बडाल, बाबुराम दाहाल सहितका ओली निकट वकिलहरु र नेताहरुबीच निर्वाचन आयोगलाई पठाउने पत्रको ब्यहोराबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
त्यहि भेटलाई न्यायाधीशहरुसँगको भेट भनेर नियोजित रुपमा प्रचारमा ल्याइएको दावी बालुवाटार स्रोतले गरेको छ । न्यायाधीशहरुले सो प्रचारबाजीप्रति गम्भीर आपत्ति व्यक्त गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको ध्यानाकर्षण गराएका थिए ।
यस विषयलाई गम्भीर रुपमा लिएर आइतवार मुद्दा दर्ता गर्नेसम्मको तयारी भइरहेको सर्बोच्च अदालत स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












