मनमा ‘पाप’ राखेर प्रचण्डले आलोपालो सरकारको कुरा छाडेका रहेछन्– मन्त्री रायमाझी
काठमाडाैँ । नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनमा पाप राखेर आलोपालो सरकारको सहमति त्यागेको आरोप लगाएका छन् ।
केपी ओलीको स्वास्थ्यमा तलमाथि पर्यो भने स्वाट्टै आफूले प्रधानमन्त्री पाउने लोभ प्रचण्डमा रहेको रायमाझीको आरोप थियो ।
प्युठानको बिजुवारमा आइतवार ओलीपक्षीय नेकपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले सरकारले विकास निर्माण र आर्थिक विकासको अभियान तीव्र बनाएपछि प्रचण्डहरूलाई छटपटी शुरू भएको आरोप लगाए ।
‘आलोपालो सहमति गरेकोमा प्रचण्डले राजनीतिक स्थिरताका लागि ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री छाडें भन्दा मनमा पाप रहेछ । किन पाप रहेछ भने ओलीजीको किड्नीको दोस्रोपटक ट्रान्सप्लान्ट गर्नुपर्ने थियो ।
सुगर भएको व्यक्तिको अप्रेसन, डाक्टरले पनि के हो भनेका थिए । केपीजी तलमाथि परे भने स्वाट्टै मलाई प्रधानमन्त्री आउँछ भन्ने प्रचण्डको सोच रहेछ,’ रायमाझीले भने, ‘अप्रेसनको १०–८ दिनपछि ओलीजी हिँडेर आएपछि साथीहरूको सातो गयो । दिमाग खराब भयो । झन् पछि जुँगा कालो हुन थाल्यो भनेपछि साथीहरूको होश हवाश उड्यो ।’
पार्टी एकताको म्यान्डेडविपरीत प्रचण्ड र माधव नेपालले समीकरण बनाएको दिनदेखि नै पार्टी एकतामा समस्या आएको रायमाझीले दाबी गरे ।
Comments
अरु समाचार
-
राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा...
-
लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार...
-
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न...
-
रविसहितका पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु
गण्डकी: सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु...
-
बार र कानुन व्यवसायी सक्षम भए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन व्यवसायी सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । '६९...
-
कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक...
-
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन थाल्ने र हाजिर हुन नदिने मेयर बालेनकाे तयारी
काठमाडौं। छानबिनको दायरामा रहेको काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्यूटावरको नक्सापास हठातमा स्वीकृत गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं...
-
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकारः नेता डा कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन् । नेपाल प्रेस युनियन...
-
वर्तमान सरकारलाई असफल हुने छुट छैन : एमाले महासचिव पोखरेल
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरतालाईसमाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताउनुभएको छ । नेपाल...