बाइडेनले उल्टाए ट्रम्पका निर्णय, रोके मेक्सिकोको सीमामा पर्खाल लगाउन
एजेन्सी । बुधबार सपथ ग्रहण गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका अधिकांश निर्णय उल्ट्याएका छन्।
ओभल अफिसमा कार्यभार सम्हाल्दै बाइडेनले १७ वटा एक्जुकेटिभ अर्डरमा हस्ताक्षर गरेका छन्। तीमध्ये अधिकांश ट्रम्पले गरेका निर्णयहरू उल्ट्याउने छन्।
ट्रम्पले यसअघि पेरिस क्लाइमेट सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए। विश्वव्यापी जलवायू परिवर्तनका विषयमा काम गर्ने उक्त सम्झौतामा अमेरिका फेरि जोडिने बाइडेनले निर्णय गरेका छन्। अबको ३० दिनमा अमेरिका सम्झौताको एक हस्ताक्षरकर्ता हुनेछ।
बाइडेनले केही मुस्लिम देशका आप्रवासीमाथि ट्रम्पले लगाएको प्रतिबन्ध पनि खारेज गरिदएका छन्। उनले ती मुलुकहरूमा रहेका अमेरिकी दूतावासका अधिकारीलाई अप्ठेरोमा परेका र सहयोगको खाँचो भएका मानिसहरूको भिसा प्रक्रिया अघि बढाउन भनेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने ट्रम्पको घोषणालाई पनि बाइडेनले उल्ट्याएका छन्। बाइडेन डाक्टर एन्थोनी फाउचीलाई डब्लुएचओको एउटा सम्मेलनमा पठाउने निर्णय गरेका छन्।
राष्ट्रपति बाइडेनले अमेरिका र मेक्सिकोको सीमामा ट्रम्पले लगाउन थालेको पर्खालको काम पनि रोकिदिएका छन्। उनले पर्खाल बनाउन गइरहेको पैसा रोकेर त्यसको समीक्षा गर्ने बताएका छन्। ट्रम्पले ल्याटिन अमेरिका हुँदै आउने आप्रवासी रोक्न मेक्सिकोको सीमामा पर्खाल लगाउने चुनावी नारा दिएका थिए। राष्ट्रपति बनेपछि उनले पर्खालका लागि अर्बौं डलर जुटाउन राष्ट्रिय आपतकाल घोषणा गरेका थिए।
जनगणनामा नागरिकता नभएका मानिसलाई सहभागी नगराउने ट्रम्प प्रशासनको योजना पनि बाइडेनले उल्टाएका छन्। अवैधानिक आप्रवासीलाई खोजी खोजी देश निकाला गर्ने ट्रम्पको निर्णय पनि उनले खारेज गरिदिएका छन्।
बाइडेनले देशभरि मास्क अनिवार्य रूपले लगाउनु पर्ने अर्डरमा पनि हस्ताक्षर गरेका छन्।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












