ह्वाइटहाउस छाड्नुअघि बाइडनलाई ट्रम्पको पत्र
काठमाडाैँ । डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाड्नुअघि अमेरिकी सत्ताका उत्तराधिकारी जो बाइडनलाई पत्र लेखेका छन्।
सत्ता छाड्द गर्दा अपनाउनुपर्ने कैयन परम्परालाई ट्रम्पले तोडेपनि राष्ट्रपतिको कार्यालयमा आफ्ना उत्तराधिकारी बाइडनलाई भने पत्र लेखेर छाडेका हुन्।
उनले पत्रमा के लेखेका छन् भन्ने खुलाइएको छैन। तर नवनियुक्त राष्ट्रपति बाइडनले सो पत्रलाई ‘निकै उदारपूर्ण’ रहेको उल्लेख गरेका छन्।
सीएनएनसँग कुरा गर्दै बाइडनले भनेका छन्, ‘यो पत्र निजी हो, ट्रम्पसँग एकपटक कुराकानी नगरी म यो पत्रबारे केही भन्दिनँ।’
बाइडनसँगै पत्र पढेका प्रेस सचिव जेन साकीले यसलाई उदार र अनुकूल रहेको बताएका छन्। यो निजी पत्रलाई बाइडनले सार्वजनिक नगर्ने र तत्कालै दुई नेताबीच कुराकानी हुने कुनै सम्भावना नरहेका पनि उनले जानकारी दिएका छन्।
राष्ट्रपतीय निर्वाचनमा बाइडनसँग पराजित भएपनि ट्रम्पले नतिजा स्वीकार गरेका थिएनन्। उनलाई राष्ट्रपति कार्यालय ह्वाइटहाउस छोड्न लगाउन अमेरिकी नेता र प्रशासकहरूलाई निकै मेहनत गर्नुपरेको थियो।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












