‘केपी ओलीले लोकतन्त्र र संविधानको घाँटी निमोठेः
कम्युनिस्टको खोल भिरेका प्रतिगमनकारी ओली
काठमाडाैँ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्टको खोल भिरेका प्रतिगमनकारी भएको टिप्पणी गरेका छन् ।
नेकपा दाहाल नेपाल समूहले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीले कम्युनिस्टका नाममा कलंक र राष्ट्रवादका नाममा राष्ट्रघात गरेको बताए । संविधानमै नभएको व्यवस्थाबाट प्रतिनिधिसभा भंग गरेर लोकतन्त्र र संविधानलाई समेत घात गरेको दाबी गरे ।
‘केपी ओलीले लोकतन्त्र र संविधानको घाँटी निमोठे । देशलाई अध्ँयारोमा धकेले । नक्कली राष्ट्रवाद देखाएर राष्टघात गरे,’ उनले भने, ‘उनी राष्ट्रघाती हुन् । जनघाती हुन् । विश्वासघाती प्रतिगमनकारी मात्र हुन् ।’
नेता ज्ञवालीले सिंगो कम्युनिस्ट पाटी र संविधान धराशायी बनाउने केपी शर्मा ओली कहिल्यै नेकपामा नरहने बताए । ‘हामी अलग बाटो रोजेका सबैलाई स्वागत गर्न सक्छौँ । तर, केपी ओली नो,’ उनले भने, ‘अब कम्युनिस्टमा केपी ओली रहँदैनन् ।’
नेता ज्ञवालीले जबजको मन्त्र जपेको नाटक गर्ने केपी ओली नै दाहालसँगको सम्झौतामा प्रधानमन्त्री बन्न जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति भएको दाबी गरे । ‘अहिले जबजलाई ड्रप गरौं पछि सल्लाह गर्दै गरौंला । एक्काइसौँ शताब्दीको जनवाद माओवाद हो । तसर्थ जनताको जनवाद भनौं भन्ने पहिलो व्यक्ति केपी ओली हो । यसका तथ्य र प्रमाण हामीसँग छन्,’ नेता ज्ञवालीले भने ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












