पशु कल्याणको विषयमा शसक्त ढंगले कलम चलाउन आग्रह
काठमाडौं । पशु कल्याणको क्षेत्रमा क्रियाशिल संस्था एनिमल नेपालले सञ्चारकर्मीलाई पशु कल्याणको विषयमा शसक्त ढंगले कलम चलाउन आग्रह गरेको छ ।
सोमबार राजधानीमा आयोजित अनलाईन पत्रकारहरु सम्मिलित भेटघाटमा यस्तो आग्रह गरेको हो । विगत १२ बर्षदेखि नेपालमा पशुपन्छी कल्याणको क्षेत्रमा आवाज उठाउदै आईरहेको सो संस्थाले काठमाडौं, ललितपुर, धादिङ, गोरखा,चितवन, बारा, रुपन्देही, कास्की,बाँके, कैलाली लगायतका जिल्लाहरुमा आफनो वार्षिक कार्यक्रम मार्फत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।
कार्यक्रममा पशुपन्छी कल्याण परियोजना प्रमुख सुलक्षणा राणाले पशुपन्छीको बाचुञ्जेल कल्याणको सुनिश्चित हुनुपर्नेमा जोड दिए । मानिस र पशुविच रहने व्यवहार पशुकल्याणमैत्री हुनुपर्ने बताउदै सो को विषयमा सञ्चारकर्मीहरुको जवाफदेहिदा शसक्त किसिमको हुनुपर्ने खाँचो औल्याए ।
पशुकल्याणको विषय जनचासोको समेत विषय भएकाले यसमा विशेष किसिमले ध्यान दिनुपर्ने उहाको भनाई थियो ।यसै गरी अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त अभियानका संयोजक निर्मल शर्माले पिंजडामा पालिएका कुखुराहरुको वस्तुस्थितिबारे चर्चा गर्दै त्यस्तो प्रकारको कुखुरापालन प्रणाली पशुपन्छी कल्याणका मान्यता विपरित हुने बताए ।
पन्छी वर्गमा पर्ने कुखुराहरुको कष्टकर जीवन पिंजडायुक्त खोर हटाएर उनीहरुलाई हिडडुल र चलायमान तरिकाको बासस्थान उपयुक्त विकल्प बन्ने धारणा उहाले राख्नुभयो । सो अवसरमा एनिमल नेपालले अश्व प्रजाति (गधा,खच्चड र घोडा) कल्याणकारी कार्यक्रम, सामुदायिक कुकुरहरुको बन्ध्याकरण कार्यक्रम, निशुल्क उपचार सेवा,रेविज विरुद्धको खोप शिविर,पशु कल्याण सम्बन्धी अभिमुखीकरण, सरकारसँगको पशुकल्याणसम्बन्धी वकालत लगायतका गतिविधि गरिरहेको जानाकारी गराएको थियो ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












