झाक्रीज्यू, नारीले नारीको मर्म बुझ्नु पर्छ कि पर्दैन ?
काठमाडौं । अहिले सामाजिक सञ्जालमा नेकपा (दाहाल नेपाल समूह) की नेतृ रामकुमारी झाक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएका अभिव्यक्ति भाइरल भइरहेका छन् ।
अझ त्यो भन्दा बढी झाक्रीलाई राष्ट्रपति भण्डारीकी छोरी उषाकिरणले फर्काएको जवाफ झन भाइरल छ । गोरखाको सिरानचोकमा भाषण गर्ने क्रममा भण्डारी सेतो साडी भजाएर राष्ट्रपति भएको र कुनैपनि पुरुष वितेपछि महिलालाई सेतो साडी देखाएर निर्वाचन जिताउने गरिएको बताएकी थिइन । त्यसको चौतफी आलोचना भइरहेको छ ।
भण्डारी पुत्री उषाकिरणले झाँक्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै फेसबुकमा स्टाटस् लेखेकी छन् । उनले स्टाटस्मा भनेकी छन् । ‘हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन ।
यदी तपाइँलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी करिअर महत्वकांक्षा हो भने ठाउँ साटौँ तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ ? लिएर जानुस’ उनले भनिन्, ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनु ।’
झाँक्रीले सिरानचोकको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट बाहिरिएर बालकोट जान र विधवा बनेपछि सेतो सारी लगाएको भनेर आलोचना गरेकी थिइन् । हो नेपाली राजनीतिमा सेतो साडीमा महिलालाई निर्वाचन लडायो भने जितिन्छ भन्ने राजनीतिक दलहरुको बुझाइ छ । त्यो उनीहरुको संगठन गरेर जित्ने भन्दापनि नाफामा पद कसरी हात पार्ने भन्ने ध्याउन्नमा आउने कुरा हो ।
तर, नारीले सेतो साडी खुसीमा लगाउन्नन् । दुःखमा बाध्यताले लाउने हुन् । यस्तो दुःख र बाध्यता पुरुषले भन्दा बढी महिलाले नै बुझ्छन् । र बुझ्नुपर्छ । त्यो एउटी महिलाले मात्रै होइन, अनेकन महिलाले भोग्नु परिरहेका समस्या हुन् । कसैले पनि संगै जीवन काट्ने र सुख दुःखमा जीवनभर सहयात्रा गर्ने भनेर सिउँदोमा उसैको सिन्दुर भएर आएका श्रीमान गुमाउन चाहदैन् । तर, भावीले त्यस्तो लेखेको रहेछ भने नगुमाइ सुखै छैन । राष्ट्रपति भण्डारीले पनि भावीले लेखेका कारण गुमाउन परेको हो ।
हो राजनीतिमा पदमा पुगेपछि नराम्रो काम गर्नेलाई यो गर्नुपथ्र्यो गरिनस भनेर भन्न पाइन्छ । किनकि उनीहरु आमनागरिकको करको पैसामा सेवा सुविधा लिएर पदमा बसेका हुन्छन् । तर, पदमा पुगेर काम नगरेको भनेर आलोचना गर्नुको साटो पारिवारिक विषयबस्तुमा आलोचना गर्ने, संवेदनशीलतामाथि धावा बोल्ने काम कसैले पनि गर्नु हुँदैन ।
अझ, राजनीति गरेर जनताका पक्षका काम गर्छु भनेर लागेकाहरुले त त्यस्तो गर्छु भन्न सुहाउँदै सुहाएन । तसर्थ झाक्री ज्यू, महिला भएर महिलाको मर्म बुझ्नुस । तपाईजस्तो समाजलाई सत्मार्गमा डोहर्याउछु भनेर राजनीतिमा लागेको व्यक्तिबाट अर्की एउटी नारीमाथि लगाइएका तुच्छ आरोप सैह्य हुन सक्दैनन् ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












