अख्तियार प्रमुखमा राईसहित संवैधानिक निकायका ३४ पदाधिकारीले लिए सपथ
काठमाडाैँ । लामो विवादबीच संवैधानिक परिषद्का ३४ जना पदाधिकारीले शपथग्रहण गरेका छन्।
बुधबार बिहान राष्ट्रपतिनिवासमा आयोजित एक समारोहबीच ५ जना अध्यक्ष र २७ जना पदाधिकारी शपथग्रहण गरेका हुन्।
५ जना अध्यक्षलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले र पदाधिकारिहरुलाई २७ पदाधिकारीहरुलाई अध्यक्षहरुले शपथग्रहण गराएका हुन्। त्यस्तै थारु आयोगमा सिफारिस भएका दुई पदाधिकारीले भने आयोगको कार्यालयमै शपथ लिएका थिए।
मंसिर ३० गते भएको संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगमा ३८ जनाको नाम सिफारिस गरेको थियो।
सिफारिस भएका मध्ये पर्शुराम रम्तेल र रामकृष्ण तिमल्सेनाले यसअघि नै पद अस्वीकार गरेका थिए। थारु आयोगमा नियुक्ति सिफारिस भएका पदाधिकारीको योग्यता नपुगेका कारण २ जनाको शपथग्रहण हुन नसकेको बताइएको छ।
यसअघि आइतबार सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाई समिति नभएको भन्दै सिफारिस नामहरु त्यसै फिर्ता गरि दिएका थिए।
सिफारिस प्रक्रियाप्रति असन्तुष्ट रहेका उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख सापकोटाले बुधबार बिहान भएको शपथग्रहण समारोह बहिष्कार गरेका छन्।
संविधान अनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो। यद्यपि संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीमा भने नियुक्ति सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ।
यसैबीच सुनुवाइविना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












