निर्माण सम्पन्न भएको हप्ता दिन नबित्दै भत्कियो नहर
रुकुम पूर्व । सिस्ने गाउँपालिका ३ पोखरामा तितेखोला धनिबारे ढल निकास आयोजनाको ४ लाख रुपैयाँ बजेट अनियमितता भएको पाइएको हो ।
बर्षायाममा वर्षे पानीले किसानको बाली नष्ट गर्ने गर्दै आइरहेको थियो । बर्षे पानीको क्षतीले किसान मर्कामा परेपछि पानीको व्यवस्थापन गर्न ढल निर्माण गर्न बजेट बिनियोजन गरिएको थियो ।सोहि बजेटमा उपभोक्ता समितिले अनियमितता गरेको स्थानीयको आरोप छ ।
सिस्ने गाउँपालिका ३ नम्बर वडा कार्यालयले स्थानीय किसानको नगदे तथा अन्नबाली बर्षायामको समयमा क्षति गर्दै आएको खेतबारी संरक्षण गर्न तथा ढल व्यवस्थापन गर्न वडाले यहि आ.व.२०७७-०७८ को पहिलो चौमासिकमा ४ लाख बजेट बिनियोजन गरेर उपभोक्ता मार्फत काम गरिएको वडाध्यक्ष पसुपति खड्काले वताएका छन् ।
अध्यक्ष खड्काका अनुसार उपभोक्ता समितिले चित्तबुझ्दो काम नगरेको र उनीहरुमाथि आफुलाई बिश्वास नभएको तथा काम सम्पन्न गरि रकम निकासा गरे पनि कामलाई अझै व्यवस्थापन गर्न समितिलाई ताकेता गरिरहेको बताएका छन् ।
`काम चित्तबुझ्दो नभए पछि वडाबाट काम सम्पन्न भएको सिफारिस दिन केही दिन अड्काएर अझै काम गर्नुस भनेकै हु तर प्राविधिक रुपमा योजना पास भइसके पछि आफ्नो केही सीप नलाग्ने रहेछ ।´ वडाध्यक्ष खड्काले भने ।
उता उपभोक्ता समितिका अध्यक्ष सिस्ने ३ पोखराकै महेन्द्र खड्काले भने स्थानीय जनताहरुलाई आफै ज्यालामा काम लगाइएको र सबै गरि ४ लाखले काम सुरापुरा भएको बताए ।
समितिले आयोजनामा अनियमित ढंगले हाजिरी तथा मदिरा सेवन समेत सोहि बजेटबाट गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार काम गरेको दिनबाहेक उपभोक्ता समितिले प्राविधिक काम गर्न सदरमुकाम रुकुमकोटमा गएको भन्दै १० दिनको अतिरिक्त हाजिरी गरेको जनाइएको छ ।
अहिले समितिले ३ सय मिटरसम्म नालि खनेर केहि मात्रामा सिमेन्टको वाल लगाइएको छ । तर, नहर बनाइएको हप्तादिन नबित्दै भत्किएको छ ।
उक्त कार्यमा कसले काम गर्न पाउने नपाउने भन्ने विवाद समेत उत्पन्न भएको थियो । भने, ज्यालामा गाउँका १२० भन्दा वढिलाई १ दिनको ६०० रुपैयाँ ज्यालामा काम गराइएको र जालि, ढुङ्गा , गिट्टी , बालुवा खरिद गरि अन्य काम उपभोक्ता समिति र बाहिरका मान्छेहरुले पनि गरेको महेन्द्र खड्काले बताए ।
योजनाको सर्वेक्षण गर्न गाँउपालिकाका सब ओभरसियर करण खड्का खटिएका थिए । खड्काले जिल्लामा रहेको सिचाइ डिभिजनले त्यहि ठाउमा प्रोजेक्टको रुपमा लगानी गर्ने भए पछि अहिले बनाएको संरचना हटाउने भएकोले सिचाइ डिभिजनसंग सल्लाह सुझाव लिइ काममा धेरै रकम नखर्चिन भनेको तर, नमानेको जनाए ।
उनले आफ्नो बचाउ गर्दै कामको क्वान्टिटि अनुसार जनप्रतिनिधि र समिति लगाएत सबैको अनुगमन पश्चात् प्राविधिक पास भएको खड्काले बताएका छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












