प्रतिनिधिसभा विघटन मुद्दा : प्रधानन्यायाधीशकाे प्रश्न, ‘सरकार केपी ओलीको हो कि नेकपाको ?’
काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन्।
आइतबार संवैधानिक इजलासमा अधिवक्ता पोख्रेलले जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश जबराले सोधे, ‘यो सरकार केपी ओलीको हो कि नेकपाको?
जवाफमा अधिवक्ता पोख्रेलले सरकार नेकपाको भएको बताए।
प्रधानन्यायाधीश जबराले त्यही जवाफमाथि टेकेर थप प्रश्न गरे, ‘यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल हो। अनि तपाईंले धारा ७६.१ बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो? बहुमत प्राप्त दल भएको अवस्थामा संविधानले बाँकी बुँदालाई लोप गर्छ। यो संविधानसँग कसरी मिल्छ? बाँकी सम्भावना कहाँ छ?’
त्यसको जवाफमा अधिवक्ता पोख्रेलले ओलीले सरकार चलाउन नसक्ने हो भने राजीनामा दिनु पर्ने र संसदीय दलबाट विकल्प खोज्नु पर्ने बताए। उनले सरकार बन्न सक्थ्यो कि सक्दैनथ्यो भनेर अदालतले अनुमान गर्न नमिल्ने जनाफ दिए।
यो संविधानले संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाइ थियो। त्यसअघि रिट निवेदककै पक्षबाटै विकास भट्टराईले बहस गरेका थिए।
आइतबारबाट संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिलको जवाफी बहस सुरु भएको हो। यसअघि निवेदकका बिपक्षी अर्थात विघटन पक्षले बहस गरेका थिए।
उनीहरुले बहसका क्रममा उठाएका विषयको जवाफमा रिट निवेदक पक्षले बहस सुरु गरेका हुन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












