कम्युनिष्ट पार्टिभित्रका अराजक तत्व बाहिरिए, अब साच्चिकैको कम्युनिष्ट पार्टी बन्छ: नेता घर्ती
काठमाडाैैँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले कम्यूनिष्टको खोलहरु ओढेकालाई अर्को ध्रुवमा पुर्याउने बताउनुभएको छ । उहाँले हेर्दा कम्यूनिष्ट जस्ता देखिने तर कम्यूनिष्टको खोल ओढेर घात गर्ने प्रतिक्रियावादीलाई अर्को ध्रुवमा पुर्याएरै छोड्ने बताउनुभएको हो ।
नेकपा रुकुम (पूर्व) ले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा राजनैतीक प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कम्यूनिष्टमा भएका केहि अराजक तत्वहरु निस्किसकेको र अब बनेको पार्टी साच्चिकैको कम्यूनिष्ट पार्टी भएको बताउदै सबै कम्यूनिष्टलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हामीले ३ वर्षसम्म नीरन्तर सहयोग गर्यौ, तर उहाँको एकपछि अर्को नाटक गर्ने क्रम रोकिएन । उहाँका नाटकहरु बढ्दै गए । अहिले त झन तानाशाही प्रवृतीले संसद विघटन गरेपछि सबै राजनीतीक दलसँगै नागरिक विरोधमा उत्रिएका छन्, उहाँले भन्नुभयो । घाइते अपाङको प्रतिशत घटाएर कटौती गर्ने काम पनि केपी सरकारले गरेको नेता घर्तीले बताउनुभयो ।
अहिले सहि र गलत विचरको बिचमा संघर्ष चलिरहेको नेता घर्तीले बताउनुभयो । उहाँले गृहमन्त्री रामबहादुर थापा बादललाई विचार भुलेर केपीको दास बन्न पुगेको बताउनुभयो । बादलको व्यक्तित्व रुकुम, रोल्पाका जनताले बनाएका हुन्, यो कुरा बादलले भुल्न नहुने घर्तीको भनाई छ ।।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












