नेपालले किनेको १० लाख डोज कोरोना खोप आइपुग्यो
काठमाडौं । सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ।
नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत आइतबार दिउँसो १० लाख डोज खोप काठमाडौं आइपुगेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो।
यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिनेछ। अब सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकले पनि खोप लगाउन पाउने भएका छन्।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, प्रमुख विशेषज्ञ,मन्त्रालयका महाशाखा प्रमुखहरु, परिवार कल्याण महाशाखाका प्रमुख बालस्वास्थ्य तथा खोप शाखा प्रमुख, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखका विज्ञहरुको सहभागितामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
त्यसैगरी, औषधि पसलमा कार्यरत र प्रयोगशालामा काम गर्ने कर्मचारी तथा सफाइकर्मीलाई पनि लगाउने पाउने निर्णय भएको छ।
Comments
अरु समाचार
-
आज काठमाडौंसहित देशका पहाडी जिल्लामा धुमधामकासाथ होली मनाइँदै
काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होली काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग हर्षोल्लासका साथ मनाइँदै छ । फागुन शुक्ल...
-
अनाथालयमा टिपर पस्दा ३ जनाको मृत्यु
काठमाडौं । साँखुको अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। आज बिहान ३ः४० बजे अनाथालयभित्र बा...
-
आजबाट होली सुरु
काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । आज बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली...
-
डबल लेनको बनाउने गरी बिपी राजमार्ग पुनर्निर्माणको ठेक्का लगाउने अन्तिम तयारी
काठमाडौं । गत असोजमा आएको बाढीले भत्किएको बिपी राजमार्गस्थित सिन्धुली तर्फको सडक निर्माणका लागि ठेक्का लगाउने अन्तिम तयारी भएको छ...
-
ठेक्का लगाएको सात बर्षमा पनि रामेछापको कोलन्जोर घाटमा पुल बनेन
जिल्लाको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘लाइफलाइन’का रूपमा रहेको यो पुल...
-
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको...
-
थापाथलीको सडकमा ५ लाख लिटर पानी बग्यो
काठमाडौं । थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब ५ लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)...
-
काठमाडौं महानगरद्वारा १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी बल, नगर प्रहरी हवल्दार र जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु...
-
बजेट अभावमा गैँडा गणना अन्योलमा
काठमाडौं । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस...