३१ सहसचिवको सरुवा: राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणमा नयाँ नेतृत्व
काठमाडाैँ । सरकारले आर्थिक अपराधीको पहिचान गरी कानुनी दायरामा ल्याउने महत्वपुर्ण भूमिकामा रहने राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धीकरण अनुसन्धान विभागका प्रमुखसहित ३१ जना सहसचिवको सरुवा गरेको छ ।
पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने राजस्व अनुसन्धान विभागको महानिर्देशकमा रक्षा मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यलाई लगिएको छ । विभागका महानिर्देशक मैनालीले विभागमा रहँदा राजस्व छलीमा संलग्नलाई लगातार कारबाहीको दायरामा ल्याएर उत्कृष्ट कार्य गरेका थिए । हाल विभागको महानिर्देशकका रूपमा गएका आचार्य पनि कुशल प्रशासकका रूपमा परिचित छन् । उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहँदासमेत प्रभावकारी कार्य गरेका थिए । तर, विभागमा महानिर्देशकका रूपमा गएपछि उनलाई मैनालीले गरेअनुसारको कार्य गर्न निकै चुनौती देखिएको छ ।
यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई राष्ट्रपति कार्यालयमा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुरलाई लगिएको छ । ठाकुरले अवैध रूपमा अकुत सम्पति आर्जन गरी शुद्धीकरण गर्नेमाथि छानबिन प्रक्रियालाई गति दिने विश्वास गरिएको छ । यसअघि भट्टराईले पनि राम्रै गति दिएका थिए ।
यसैगरी, सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्रप्रसाद रिजाल र शिवकुमार कार्कीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई गृह मन्त्रालय, लगानी बोर्डका धर्मेन्द्रकुमार मिश्रलाई मधेसी आयोगमा, कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आनन्द काफ्लेलाई अर्थ मन्त्रालयमा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रकाश पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी, गृह मन्त्रालयका रमेश न्यौपानेलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ भने खानेपानी मन्त्रालयका रितेशकुमार शाक्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयका ऋषि तिवारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, गृह मन्त्रालयका पुण्यविक्रम पौडेललाई कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, गृह मन्त्रालयका अर्जुनकुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र गृह मन्त्रालयका उमेश बस्नेतलाई विराटनगर महानगर पालिकाकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।
यस्तै, गृह मन्त्रालयका हिरालाल रेग्मीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा, गृह मन्त्रालयका रमेश सिवाकोटीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशका शोभाकान्त पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, सहकारी विभागका रजिस्टार टोकराज पाण्डेलाई रक्षा मन्त्रालयमा, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका रघुराम विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूरपश्चिममै सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश २ का सचिव भूपाल बराललाई लगानी बोर्डको कार्यालयमा, मधेस आयोगका भुवनहरि अर्याललाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा, हेटांैडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई ऊर्जा, जलस्रोत मन्त्रालयमा, अर्थ मन्त्रालयका शिवादेवी दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका शिवलाल तिवारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेशका डा. हरि लम्साललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको प्रधामन्त्री कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











