३१ सहसचिवको सरुवा: राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणमा नयाँ नेतृत्व
काठमाडाैँ । सरकारले आर्थिक अपराधीको पहिचान गरी कानुनी दायरामा ल्याउने महत्वपुर्ण भूमिकामा रहने राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धीकरण अनुसन्धान विभागका प्रमुखसहित ३१ जना सहसचिवको सरुवा गरेको छ ।
पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने राजस्व अनुसन्धान विभागको महानिर्देशकमा रक्षा मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यलाई लगिएको छ । विभागका महानिर्देशक मैनालीले विभागमा रहँदा राजस्व छलीमा संलग्नलाई लगातार कारबाहीको दायरामा ल्याएर उत्कृष्ट कार्य गरेका थिए । हाल विभागको महानिर्देशकका रूपमा गएका आचार्य पनि कुशल प्रशासकका रूपमा परिचित छन् । उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहँदासमेत प्रभावकारी कार्य गरेका थिए । तर, विभागमा महानिर्देशकका रूपमा गएपछि उनलाई मैनालीले गरेअनुसारको कार्य गर्न निकै चुनौती देखिएको छ ।
यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई राष्ट्रपति कार्यालयमा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुरलाई लगिएको छ । ठाकुरले अवैध रूपमा अकुत सम्पति आर्जन गरी शुद्धीकरण गर्नेमाथि छानबिन प्रक्रियालाई गति दिने विश्वास गरिएको छ । यसअघि भट्टराईले पनि राम्रै गति दिएका थिए ।
यसैगरी, सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्रप्रसाद रिजाल र शिवकुमार कार्कीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई गृह मन्त्रालय, लगानी बोर्डका धर्मेन्द्रकुमार मिश्रलाई मधेसी आयोगमा, कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आनन्द काफ्लेलाई अर्थ मन्त्रालयमा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रकाश पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी, गृह मन्त्रालयका रमेश न्यौपानेलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ भने खानेपानी मन्त्रालयका रितेशकुमार शाक्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयका ऋषि तिवारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, गृह मन्त्रालयका पुण्यविक्रम पौडेललाई कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, गृह मन्त्रालयका अर्जुनकुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र गृह मन्त्रालयका उमेश बस्नेतलाई विराटनगर महानगर पालिकाकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।
यस्तै, गृह मन्त्रालयका हिरालाल रेग्मीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा, गृह मन्त्रालयका रमेश सिवाकोटीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशका शोभाकान्त पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, सहकारी विभागका रजिस्टार टोकराज पाण्डेलाई रक्षा मन्त्रालयमा, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका रघुराम विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूरपश्चिममै सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश २ का सचिव भूपाल बराललाई लगानी बोर्डको कार्यालयमा, मधेस आयोगका भुवनहरि अर्याललाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा, हेटांैडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई ऊर्जा, जलस्रोत मन्त्रालयमा, अर्थ मन्त्रालयका शिवादेवी दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका शिवलाल तिवारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेशका डा. हरि लम्साललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको प्रधामन्त्री कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












