ओलीकै सरकार दुई वर्ष टिकाउँछौँः नेता खनाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले बाँकी दुई वर्षको कार्यकाल राम्रोसँग पूरा गर्नुपर्ने बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा उनले एमाले नेतृत्वको सरकारकै निरन्तरताको पक्षमा आफूहरु रहेको बताए ।
“अहिले सरकार हामीसँग छँदै छ । यो सरकारले आउने दुई वर्षको कार्यकाल राम्रो ढंगले पूरा गर्नुपर्छ,” नेता खनालको जोड थियो । उनले संविधानको भावनानुसार अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।
संसद् राजनीतिक खेल खेल्ने थलो रहेको र अब खेल सुरु भएको पनि उनको भनाइ थियो । उनले आफूहरु तीन वर्षपछि नेकपाबाट पुनः एमाले भएको पनि बताए ।
“हामी त फेरि एमाले भयौँ । दुर्भाग्यको कुरा हो, एकीकृत भइसकेको पार्टीलाई फेरि विभाजित गरियो । जे जे खेलहरुबाट यो विभाजित भएको भए पनि या हाम्रा आफ्ना मिस्टेकले भएको भए पनि हामी यो ठाउँमा आइपुगेका छौँ,” उनले भने ।
Comments
अरु समाचार
-
मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ
काठमाडौँ: नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान...
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
काठमाडौं । संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ । डेल्टा एयरलाइन्सले एटलान्टा...
-
मकवानपुरमा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते
काठमाडौं । मकवानपुरमा दुई वटा सवारीसाधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग स्थित...
-
सिद्धबाबामा सुरुङमार्ग माघ आठ गते ‘ब्रेक थ्रु’ हुने
काठमाडौं । पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु माघ आठ गते हुने भएको छ । ब्रेक थ्रु सम्बन्धमा आज बिहान...
-
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्नसक्ने बताएका छन् । नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित...
-
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका...
-
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत...
-
राष्ट्रिय एकता दिवसका अवसरमा दूधरास–छिल्लीकोट दौड प्रतियोगिता
काठमाडौं । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९...
-
जर्मनीमा भैंसीमा रोगको सङ्क्रमण
काठमाडौं । जर्मनीले शुक्रबार बर्लिन नजिकैको एउटा फार्ममा भैँसीको खुट्टा र मुख रोगको तीनवटा घटनाहरू रेकर्ड गरेको छ, जुन सन्...