हाेली खेल्ने क्रममा एसिड दलेपछि पाँच बालबालिका घाइते
काठमाडौँ । काठमाडौँको शंखरापुरमा आइतबार होली खेल्ने क्रममा स्थानीय बालबालिकाले अन्जानमा पानी भनेर एसिड आपसमा दल्दा पाँचजना घाइते भएका छन् ।
शंखरापुर–१ स्थित नविन ग्राममा रहेकाे डेरीमा प्रयोगका लागि राखिएको एसिड चलाउँदा पाँचजना घाइते भएका हुन्।
खेल्दै जाने क्रममा बालबालिकाले एसिडलाई पानी भनेर दलेको प्रहरी कार्यालय नाङ्गलेभारेका सई गणेश श्रेष्ठले बताए। उनका अनुसार प्रयोग भइसकेको एसिड बालबालिकाले होली खेल्दै जाने क्रममा अन्जानमा एकअर्कालाई दलेका हुन्।
‘प्रारम्भिक रुपमा अनुसन्धानबाट होली खेल्दै जाँदा ग्यालीनमा राखिएको एसिड पानी भनेर झिकी आपसमा दल्दा घटना भएको देखिन्छ’ सई श्रेष्ठले भने।
एसिडका कारण घाइते भएकी १६ वर्षकी अश्मिता तामाङ्ग र ११ वर्षका सविन तामाङ्गको साँखुस्थित शुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। ९ वर्षका विशाल तामाङ्ग उपचारपछि घर फर्केका छन्।
एसिडका कारण हात जलेका १७ वर्षका पवन पहरी र आकाश तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डेरी सञ्चालक केशव नेपाललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएर बौद्धमा राखिएको प्रहरीले जनाएको छ।
नविन ग्राम माविका प्रधानाध्यापक गुरुप्रसाद दंगालले होली खेल्ने क्रममा अन्जानबस एसिड दल्दा बालबालिका घाइते भएको जानकारी दिए।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












