चार्ल्स शोभराजले सीधै पत्रकारसँग नभेटेको अध्ययन समितिकाे निष्कर्ष
काठमाडौँ । केन्द्रीय कारागारमा रहेका चार्ल्स शोभराजले सीधै पत्रकारसँग भेटेको नदेखिने निष्कर्षसहित अनुसन्धान प्रतिवेदन अध्ययन समितिले तयार पारेको छ।
‘बिकिनी किलर’ का रुपमा परिचित रहेका फ्रान्सेली नागरिक शोभराज एक अमेरिकी तथा एक क्यानडेयिन महिलाको हत्या अभियोगमा गएको १७ वर्षदेखि केन्द्रीय कारागारमा छन्। शोभराज सन् २००३ मा पक्राउ परेका हुन्।
तर उनको अन्तर्वार्तामा आधारित समाचार केही दिन पहिले डेलीमेल र मिररमा प्रकाशित भएको थियो। त्यसपछि उनले कसरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जेल भित्रैबाट अन्तर्वार्ता दिए भन्ने बारे अनुसन्धान गर्न जेलर लक्ष्मीप्रसाद बाँस्कोटाको संयोजकत्वमा आन्तरिक समिति गठन गरेको थियो।
‘हामीले अध्ययन गर्दा शोभराजले सीधै पत्रकारसँग जेलमै कुराकानी गरेको देखिँदैन’, जेलर बाँस्कोटाले भने, ‘आफन्त तथा साथीभाइसँग गरेको कुराकानी नै रेकर्ड गरेर पत्रकारलाई दिएको र त्यसकै आधारमा खबर प्रकाशित भएको देखिन्छ। हामीले सोही अनुसारको प्रतिवेदन बनाएर गृह मन्त्रालय पठाएका छौँ।’
जेलमा रहेकाहरुले हप्ताको दुईपटक १५–१५ मिनेट आफन्त, परिवारजन तथा साथीभाइसँग कुराकानी गर्न पाउने व्यवस्था छ। सोही बेला गरिएको कुराकानी नै पत्रकारले प्रयोग गरेको हुन सक्ने जेलर बाँस्कोटाले बताए।
शोभराजले फ्रान्स, अमेरिका र बेलायतमा नियमित फोन गर्ने गरेको पनि उनले जानकारी दिए। श्रीमती, छोरी तथा साथीभाइ भनेर कुराकानी गर्ने र अधिकांश समय अंग्रेजी र केही बेला फ्रेन्चमा कुराकानी हुने गरेको जेलर बाँस्कोटाले बताए।
सामान्य कुराकानी हुने गरेकाले आफूहरुले खासै चासो नदिएको भए पनि कसरी खबर प्रकाशित हुने गरि विस्तृतमा कुराकानी भयो भन्ने यकिन नभएको उनले बताएका छन्।
पछिल्लो समय शोभराजले कुनै पनि नयाँ नम्बरमा टेलिफोन गरेको नदेखिने जेलर बाँस्कोटाले बताए। उनले भने, ‘टेलिफोन रेकर्ड हेर्दा पनि उनले विगतमा गर्ने गरेकै नम्बरहरु देखिएका छन्।’
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












