अमेरिकामा एक नेपालीको गोली हानी हत्या, टेक्सस प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं । अमेरिकी सहर टेक्ससमा पछिल्लो पटक भएको गोली प्रहारको घटनामा नेपाली नागरिक मारिएका छन् ।
टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ । अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो ।
अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको जनाएको छ । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राती १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।
प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेका थिए । उनलाई त्यहीँ मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए । प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाएको छ भने गोली चलाउनेले प्रयोग गरेको सवारी साधन पत्ता लगाउने तयारी गरेका छन् ।
झन्डै ११ वर्षअघि मेक्सिको हुँदै थापा अमेरिका पुगेका थिए । तीनवर्षअघि भाइ लक्ष्मण पनि अमेरिका पुगेका थिए । दाजुको मृत्यु भएपछि भाइ लक्ष्मण पनि भावविह्वल बनेका छन् ।
पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रमणका घटना बढिरहेको पृष्ठभूमिमा यो हत्य भएको हो । त्यहाँस्थित नेपाली राजदूतावासले पनि एसियाली माथिको आक्रमण रोक्नका लागि आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












