शीतलनिवासमा फेरि हुँदैछ अर्को विभूषण वितरण, नेपालको परिवर्तित नक्सा नै अंकित गरिने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ का लागि घोषणा भएका ६६३ जनालाई विभूषण, तक्मा र पदक बाँडेको छैटौं दिनमा पुनः अर्का ५९३ जनालाई विभूषण बाँड्ने भएकी छिन् ।
२०७७ मा विभूषित हुने सूचीमा रहेकाहरूलाई २०७८ वैशाख १ गते पुनः विभूषण दिन शीतल निवासमा कार्यक्रम आयोजना गरिएको गृहमन्त्रालयले जनाएको छ ।
कोभिड–१९ महामारीका कारण २०७६ सालको असोज ३ गते संविधान दिवसमा विभूषित हुनेको सूचीमा रहेकाहरूले चैत २७ गते विभूषण लिएका थिए । यतिबेला मुलुकमा पुनः कोभिड–१९ को नयाँ भेरियन्ट फैलने त्रास छ । राष्ट्रपति निवासमा विभूषण बाँड्ने भीडभाड र तामझाम चल्दै गर्दा शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भीडभाड हुने शैक्षिक संस्थाहरूमा शैक्षिक गतिविधि अनलाइनमार्फत् गर्न सरकारलाई सुझाव दिएको थियो ।
विज्ञ डा. अनुप सुवेदीले कोभिड–१९ को नयाँ भेरियन्ट छिटो सर्ने र त्यसले घातक असर गर्ने भएकाले सचेत हुनुपर्ने बताउँछन् । तर राष्ट्रप्रमुखले नै भीडभाड र भेलासहितका यस्ता गतिविधि गर्नु कति उचित हो भन्ने प्रश्न उठेको छ ।
कोभिड–१९ महामारीका कारण २०७६ मा घोषित विभूषण वितरणमा ढिलाइ भएपछि अहिले सम्मान लिने र दिनेले हतारो गरेको टिप्पणी सार्वजनिक वृत्तबाट भइरहेको छ । सरकारको सिफारिशमा राष्ट्रपतिले सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) – १ जना, प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितिय)– ४ जना, सुकिर्तिमय राष्ट्रदीप (तृतीय)– ७ जना, सुप्रबल जनसेवा श्री (तृतीय)–८६ जना, किर्तिमय राष्ट्रदीप (चतुर्थ)– ८ जना, प्रबल जनसेवा श्री (चतुर्थ)– २४२ जना, जनसेवा श्री (पञ्चम) – १०४ जनालाई वितरण गर्दैछिन् ।
गृहमन्त्रालयले २०७६ मा नाम घोषणा भइ २०७७ वैशाख १ मा विभूषित गर्ने तय भएकाले उक्त विभूषणमा अंकित नेपालको नक्सा पुरानै रहेको भन्दै २०७८ वैशाख १ मा विभूषित हुनेहरूलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित समावेश नक्सा अंकित विभूषणबाट सम्मान गरिने जनाएको छ ।
त्यस्तै, अलंकारतर्फ राष्ट्र यशोबर्धक – २ जना, नेपाल सेवा प्रवीण– १ जना, समाजसेवा रत्न–११ जना, परम पौरख भाष्कर– १२ जना, नेपाल प्रताप सुभूषण– २४ जना, अति पौरख भाष्कर– २० जना, नेपाल प्रताप आभूषण–१४, महापौरख भाष्कर– १२ जना, नेपाल प्रताप भूषण – १८ जना रहेका छन् । यसका अतिरिक्त राष्ट्रसेवा पदक– २, सुकिर्ति पदक– १२ र प्राकृतिक पीडितोद्दार पदक– १३ जनालाई वितरण गरिदैंछ ।
सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) डा. सुन्दुक रुइत तथा प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितिय) सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नवीन घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल सम्मानित भएका छन् ।
हेर्नुहोस् को–को हुँदैछन् विभूषित
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...












