नागार्जुनको डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी हाल्ने तयारी
काठमाडाैँ । काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा भएको आगलागी नियन्त्रणमा लिन नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी भएको छ।
काठमाडाैँ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि सेनाका हेलिकप्टरले अहिले रेकी गरिरहेको बताउँदै आगो नियन्त्रणउन्मुख रहेकाे बताए।
आइतबार बिहान ११ बजेबाट बूढानीलकण्ठ नगरपालिका–१ तौलुङबाट सुरु भएको आगलागी क्रमशः फैलिँदै गएकोले हेलिकप्टरबाट पानी खसाल्ने तयारी भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले सेनाको हेलिकप्टरबाट पानी खसाल्ने तयारी भइरहेको नेपालखबरलाई जानकारी दिए।
प्रजिअ पराजुलीका अनुसार अहिले स्थानीय, सेना, प्रहरी, सशस्त्रलगायतको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
आगो नियन्त्रणका लागि अहिले चारवटा दमकल परिचालन भएको उनले बताए।
‘निकुञ्जको जंगलमा फैलिएको आगो नियन्त्रणका लागि अहिले सेना, प्रहरी, सशस्त्रसहितको टोली परिचालन गरेका छौँ’, प्रजिअ पराजुलीले भने, ‘चारवटा दमकलको प्रयोग गरेका छौँ।’
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












