‘संक्रमण तीव्र रुपमा फैलिन लागेकाले लकडाउन पनि सोच्नुपर्ने अवस्था आउन सक्छ’: प्रजिअ पराजुली
‘अवस्था बिग्रिएको छ,हामी सबै गम्भिर हुनुपर्ने अवस्था छ’
काठमाडाैँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले काठमाडौंमा लकडाउनको सम्भावना उच्च रहेको बताएका छन्।
प्रजिअ पराजुलीले संक्रमण तीव्र रुपमा फैलिन लागेकाले लकडाउन हुनसक्ने बतएका हुन्। ‘अवस्था बिग्रिएको छ, ६ गतेको आदेशले मात्रै पुग्दैन भन्ने पनि बुझ्नुभयो होला,’ प्रजिअ पराजुलीले भने, ‘सबै क्षेत्रहरूमा संक्रमण बढ्दै जाँदा लकडाउनबारे पनि सोच्नुपर्ने अवस्था आउन सक्छ।’
‘अस्पताल भरिभराउको स्थिति छ, आइसियू पाइरहेको छैन, भेन्टिलेटरको अवस्था त्यस्तै छ,’ संक्रमणको अवस्था भयावह बन्दै गएको भन्दै प्रजिअ पराजुलीले भने, ‘हामी सबै गम्भिर हुनुपर्ने अवस्था छ।’
पराजुलीले जिल्ला प्रशासन कार्यालय पनि आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आएको बताएका छन्।
‘हामीले पहिले सरोकारवालाहरूलाई सतर्कता अपनाउन आग्रह गर्यौ,’ सरकारले तोकेको सुरक्षाका मापदण्डलाई सरोकारवालाले गम्भीरतापूर्वक नलिएको पाइएको बताउँदै प्रजिअ पराजुलीले भने, ‘अब हामीले बलपूर्वक नै त्यसलाई लागू गराउन थालेका छौं।’
प्रजिअ पराजुलीले संक्रमण रोकथामका लागि सार्वजनिक सवारी साधनको अनुगमन कडाईका साथ गर्न थालिएको बताएका छन्।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












