‘संक्रमण तीव्र रुपमा फैलिन लागेकाले लकडाउन पनि सोच्नुपर्ने अवस्था आउन सक्छ’: प्रजिअ पराजुली
‘अवस्था बिग्रिएको छ,हामी सबै गम्भिर हुनुपर्ने अवस्था छ’
काठमाडाैँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले काठमाडौंमा लकडाउनको सम्भावना उच्च रहेको बताएका छन्।
प्रजिअ पराजुलीले संक्रमण तीव्र रुपमा फैलिन लागेकाले लकडाउन हुनसक्ने बतएका हुन्। ‘अवस्था बिग्रिएको छ, ६ गतेको आदेशले मात्रै पुग्दैन भन्ने पनि बुझ्नुभयो होला,’ प्रजिअ पराजुलीले भने, ‘सबै क्षेत्रहरूमा संक्रमण बढ्दै जाँदा लकडाउनबारे पनि सोच्नुपर्ने अवस्था आउन सक्छ।’
‘अस्पताल भरिभराउको स्थिति छ, आइसियू पाइरहेको छैन, भेन्टिलेटरको अवस्था त्यस्तै छ,’ संक्रमणको अवस्था भयावह बन्दै गएको भन्दै प्रजिअ पराजुलीले भने, ‘हामी सबै गम्भिर हुनुपर्ने अवस्था छ।’
पराजुलीले जिल्ला प्रशासन कार्यालय पनि आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आएको बताएका छन्।
‘हामीले पहिले सरोकारवालाहरूलाई सतर्कता अपनाउन आग्रह गर्यौ,’ सरकारले तोकेको सुरक्षाका मापदण्डलाई सरोकारवालाले गम्भीरतापूर्वक नलिएको पाइएको बताउँदै प्रजिअ पराजुलीले भने, ‘अब हामीले बलपूर्वक नै त्यसलाई लागू गराउन थालेका छौं।’
प्रजिअ पराजुलीले संक्रमण रोकथामका लागि सार्वजनिक सवारी साधनको अनुगमन कडाईका साथ गर्न थालिएको बताएका छन्।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












