मुलुकको विकास र समृद्धिका लागि दलहरुबीच सहकार्य आवश्यक : पूर्वराष्ट्रपति यादव
काठमाडाैँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकको दिगो विकास र समृद्धिका लागि दलहरुबीच सहकार्य आवश्यक रहेको बताउनुका छन ।
ओखढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयको हीरकजयन्ती महोत्सवलाई सम्बोधन गर्दै उनले दलहरुबीच समन्वय र सहकार्य नहुँदा मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका हुन ।
पूर्वराष्ट्रपति यादवले सङ्घीय शासन प्रणालीमा मुलुक अग्रगतिमा अघि बढिरहेको बेलामा पछिल्ला वर्षहरुमा दलहरुबीच समन्वय र सहकार्य नहुँदा व्यवस्था नै कमजोर बन्न पुगेको उल्लेख गर्दै राजनीतिक दलहरु मुलुकको विकास र समृद्धिभन्दा बढी सत्तामोहमा केन्द्रित हुने प्रवृति बढेकाले यो व्यवस्थाप्रति नै जनतामा निरासा छाउन थालेको बताए ।
“दलहरुको सत्तास्वार्थले देश दुर्घटनाको जोखिममा पुग्यो । अब दलहरु मिल्नुको विकल्प छैन”, उनले भने, “जनताले अब पनि दुःखका दिन व्यहोर्नु पर्ने अवस्था आउनु हुँदैन । यदि दलहरुले बेलैमा सहकार्य नगर्ने हो भने नेता र पार्टीप्रति मात्रै अविश्वास बढ्ने होइन, सङ्घीयता नै धरापमा पर्ने खतरा देखिएको छ ।”
संसद विघटनपछि मुलुकको राजनीतिमा तरलता आएको भन्दै पूर्वराष्ट्रपति यादवले जनता अस्थिरताभन्दा स्थिरता, समृद्धि र विकास चाहने भएकाले जनभावनानुसार काम गर्न सबै राजनीतिक दललाई सुझाव दिए । उनले विद्यार्थीकोे सिकाइ सैद्धान्तिकसँगै व्यवहारिक पनि हुनुपर्नेमा जोड दिए ।
कर्यक्रममा प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ, सांसद यज्ञराज सुनुवार, संविधानसभा सदस्य तथा काँग्रेस नेता रामहरि खतिवडा, प्रदेशसभा सदस्य मोहन खड्कालगायतले यो विद्यालयले विगतमा पनि देशका लागि उच्चकोटीका विद्यार्थी उत्पादन गरेको स्मरण गर्दै आगामी दिनमा पनि गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औल्याए ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












