उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि घर जाने बढे (फोटो फिचर)
काठमाडाै । बिहीबारदेखि काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा निषेधाज्ञा आदेश लागू हुने भएपछि आज बिहानैदेखि काठमाडौं छाड्नेहरुको लर्को लागेको छ।
काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भिड लागेको छ। हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख महिनाभर काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा निषेध आदेशको निर्णय गरेको थियो। बिहानैदेखि लामो तथा छोटो दूरीका यात्रुहरुको बसपार्कहरुमा भिड देखिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका प्रवक्ता श्याम कृष्ण अधिकारीले अघिल्ला दिनहरुको तुलनामा ठूलो संख्यामा यात्रुहरु बसपार्कहरुमा जम्मा भएको जानकारी दिए। निषेध आदेशसँगै उपत्यकामा अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन्। कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेसँगै सरकारले १५ दिनका लागि पहिलो चरणमा निषेध आदेशको निर्णय गरेको छ।
त्यसअघि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेध आदेश जारी गरेका थिए। अब मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहिलो चरणमा १५ दिन निषेध आदेश हुनेछ। सरकारले आवश्यकताअनुसार निर्णय लिन स्थानीय प्रशासनलाई अधिकार दिएकाले विभिन्न जिल्ला आ–आफ्नो अनुकुलतामा निषेध आदेश जारी भएका छन्।

Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












