महामारीमा राष्ट्रसंघको सहयोग नलिने भारतको निर्णय
काठमाडौं । कोभिड-१९को महामारीमा भारतले संयुक्त राष्ट्रसंघले प्रस्ताव गरे अनुसारको सहयोग नलिने निर्णय गरेको छ ।
संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै अन्य मुलुकसँग भारतलाई सहयोग गर्न अपिल गरेका थिए । यद्यपि, भारतले भने राष्ट्रसंघको सहयोग लिन अस्वीकार गरेको हो ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार गुटेरसका उपप्रवक्ता फरहान हकले भारतले सहयोगको प्रस्ताव अस्वीकार गरेको बताएका हुन् । हकका अनुसार भारतले आफूहरुसँग राम्रो स्वास्थ्य प्रणाली रहेको भन्दै राष्ट्रसंघको सहयोग नचाहिने जवाफ पठाएको हो । यद्यपि, राष्ट्रसंघले अझै पनि आवश्यक परेको अवस्थामा भारतलाई सहयोगको लागि तयार रहेको बताएको छ ।
राष्ट्रसंघले विश्वका सबै मानिस सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित नहुने भन्दै भारतलाई सहयोगको लागि आग्रह गरेको हो । अहिले भारत कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ । भारतमा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेसँगै अमेरिका, बेलायत, फ्रान्सलगायतका मुलुकले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












