अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार (वैशाख १९ गते) को निर्णय अनुसार राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।
दाहाललाई एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाले २०७६ जेठमा राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गरेकी थिइन् ।
तत्कालीन राजदूत लक्की शेर्पालाई फिर्ता बोलाएर नेकपाका कार्यकारी अध्यक्ष तथा हाल माओवादी केन्द्र पार्टीका अध्यक्ष पुष्पकमल दाहालको सिफारिसमा दाहाललाई राजदूतका लागि सिफारिस गरिएको थियो ।
नेकपालाई सर्वोच्च अदालतले पुरानै अवस्थामा ल्याएर एमाले र माओवादी पार्टी बनाइदिएपछि एमाले नेतृत्वको केपी ओली सरकारले माओवादी कोटाका राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्षबीच विवाद बढिरहँदा राजदूत दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।फरक राजनीतिक पृष्ठभूमि र सिफारिसमा नियुक्ति पाएका भए पनि जापानस्थित राजदूत राणा (राप्रपा) र ओमानस्थित ढकाल (तत्कालीन फोरम लोकतान्त्रिक)को म्याद थप गरिएको छ । परराष्ट्र मन्त्रालयले ‘कार्यसम्पादन मूल्यांकन’ आधारमा राजदूत नियुक्ति वा हेरफेर गर्न सक्ने भन्दै आए पनि अहिलेसम्म यो मूल्यांकनको आधार कहीँकतै देखिएको छैन ।
यीबाहेक म्यानमारस्थित राजदूत भीम उदास(कांग्रेस), साउदी अरेबियास्थित राजदूत महेन्द्रप्रसाद सिंह राजपूत(माओवादी), बहराइनस्थित राजदूत पदम सुन्दास(माओवादी)को सिफारिसमा गएका हुन्, उनीहरुको कार्यकाल पूरा भइसकेको आधारमा यिनका बारेमा भने केही निर्णय बाहिर आएको छैन ।
‘राजनीतिमा जस्तै कुटनीतिमा पनि प्रतिशोधको व्यवहार देखा पर्न थालेको छ,’अमेरिकाका लागि एक पूर्वराजदूतले भने, ‘यता सरकारी खेमाविरुद्धको माओवादी पक्षका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरिएकै दिन माओवादीको सिफारिसका एक राजदूतलाई असमय र अकारण फिर्ता बोलाइएको देखिन्छ । यो आफैंमा लज्जाको विषय हो ।’ राजदूत दाहालले आफूलाई फिर्ता गर्नेबारेको सरकारको निर्णयबारे आफू जानकार नरहेको बताए ।
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












