जेठ १३ गतेसम्म लम्बियो काठमाडौं उपत्यकाको निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप भएको छ । आज काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आजको बैठकले आउँदो जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
‘‘हामीले १५ दिनको लागि निषेधाज्ञा जारी गरिसकेका छौँ । अब तीनवटै जिल्ला प्रशासनका प्रजिअको हस्ताक्षण गर्न बाँकी छ । त्यसपछि सार्वजनिक गर्नेछौँ,” प्रजिअ पराजुलीले भने ।
पराजुलीले यसअघि पार्टी प्यालेसमा हुँदै आएको विवाह, ब्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको बताए । उनले अत्यावश्यक परेकाले स्वास्थ्य मापदण्ड अपनाएर घरमै विवाहजस्ता कार्यक्रम गर्न सक्ने र त्यसका लागि अनुमति आवश्यक नभएको बताए । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातमा सकिँदैछ ।
अन्य निर्णयहरु भने यसअघिका निषेधाज्ञामा क्रममा भएकाहरुको निरन्तरता रहेको पराजुलीले जानकारी दिए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












