कर्पोरेट नेपालद्धारा बार्षिक उतसवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई रु. ५० हजार सहयोग
काठमाडौं । सातौं बर्ष प्रवेशको अवसरमा कर्पोरेट नेपाल डटकमले राष्ट्रिय आविस्कार केन्द्रलाई रु. ५० हजार रुपियाँ सहयोग गरेको छ । शनिबार केन्द्रको किर्तिपुरस्थित कार्यालयमा पुगेर कर्पोरेट नेपालको टिमले केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
कोरोना भाइरस (कोभिड १९) महामारी संक्रमण तीब्र भइरहेको बेला आविस्कार केन्द्रले महामारी नियन्त्रणमा भूमिका खेल्दै आएको छ । केन्द्रले पछिल्लो समयमा अक्सिजन ग्यासको ठूलो अभाव भइरहेको बेला त्यो अभाव कम गर्न अक्सिजन प्लान्टहरू मर्मत गर्ने, हिमाल आरोहणका क्रममा प्रयोग हुने अस्किजन सिलिण्डरहरू संकलन गरी प्रयोगमा ल्याउने, तत्कालको अक्सिजनको समस्या समाधान गर्न अस्पतालहरूमा मिनि प्लान्टको प्रविधि विकास गर्ने, हरेक दिन सयौंको समस्यामा पीपीईहरू उत्पादन गरी निःशुल्क वितरण गर्ने जस्तो कामहरू गर्दै आएको छ । ब
कर्पोरेट नेपालका अध्यक्ष तथा सम्पादक सीताराम विलासीले विषम परिस्थितिका कारण बार्षिकोत्सव मनाउन नसकिएकोले उक्त प्रयोजनका लागि विनियोजित रकम आविस्कार केन्द्रलाई सहयोगस्वरुप प्रदान गरिएको बताए । प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार म्यागासेसेसहित थुप्रै पुरस्कार र सम्मान पाएका महावीर नेपालको प्रतिष्ठित बैज्ञानिक हुन् ।
बिजकेयर नेपाल प्रा.लि.द्धारा सञ्चालित कर्पोरेट नेपाल आर्थिक क्षेत्रको परिचित अनलाइन पत्रिका हो । यस संस्थाले विषम परिस्थितिमा पनि जनतालाई सुसुचित गर्न नियमितरुपमा सेवा प्रवाह गर्दै आएको छ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












