महामारीविरुद्ध नेपालका दललाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग, भर्चुअल बैठकमा कुन नेताले के भने ?
काठमाडौं । नेपालमा कोरोनाभाइरस महामारीको पछिल्लो अवस्था र रोकथामका उपायबारे चिनियाँ कम्युनिष्ट पाटी र नेपालका राजनीतिक दल तथा संसदका पदाधिकारीबीच बुधबार भर्चुअल छलफल भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चेन झोउले अध्यक्षता गरेको अनलाइन छलफलमा सीपीसीका मन्त्री सोङ ताओले की-नोट स्पिच प्रस्तुत गरे ।
उक्त भर्चुअल सत्रबाटै चीनले महामारीविरुद्ध लड्न नेपाली राजनीतिक दलहरुलाई उनीहरुको हैसियत र आकार अनुसार हाइड्रोजन अक्सिजन जेनेरेटर प्रदान गर्ने घोषणा गरेको छ ।
उक्त डोनेसन समारोहलाई उपप्रधानमन्त्री एवं एमाले महासचिव इश्वर पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस विदेश विभाग प्रमुख नारायण खड्का, मजदूर किसान पार्टीका अध्यक्ष नारायमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले सम्बोधन गरे ।
सबै नेताहरुले खोप, अक्सिजन, भेन्लिेटर, कन्सनट्रटेर, जेनेरेटर लगायतका जरुरी स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई धन्यवाद दिए ।
उपप्रधानमन्त्री तथा कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समितिका सदस्य समेत रहेका पोखरेलले खोप आपूर्तिमा समन्वय गर्न चीनलाई आग्रह गरे । पोखरेलले एकता, साझेदारी र मित्रतापूर्ण सम्बन्धले मात्र महामारी नियन्त्रण हुने बताउँदै उनले भाइरसलाई पराजित गरेर अर्थतन्त्र उकास्नतर्फ लाग्नुपर्ने बेला आएको बताए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपालले चीनबाट थप खोपको अपेक्षा गरेको बताए । नेपालको अर्थतन्त्र पुनर्उत्थानका लागि चिनियाँ सहयोग जरुरी रहेको उनको भनाई थियो ।
दुबै मुलुकले हिमालय सीमापारको विकासमा मिलेर काम गर्नुपर्ने उनले जनाए । आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सहमतिको स्मरण गर्दै दाहालले विगतका सहमति कार्यान्वयन गर्नुपर्ने जरुरी रहेको बताए । नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको समेत उनले बताए ।
कांग्रेस विदेश विभाग प्रमुख नारायण खड्काले सन् १९६० मा भएको बीपी कोइरालाको चीन भ्रमण बेलादेखि नै सीपीसी र कांग्रेसबीच विशिष्ठ सम्बन्ध रहिआएको बताए । कांग्रेस र सीपीसीबीच पार्टीगत सम्बन्ध रहेको उल्लेख गर्दै उनले निरन्तर चिनियाँ सहयोगको अपेक्षा व्यक्त गरे । महामारीको कारण नेपाल कठिन समयबाट गुज्रिएको बताउँदै उनले चिनियाँ सरकारलाई सहयोगका लागि धन्यवाद दिए ।
जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खोप आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरे । महामारी नियन्त्रणमा चीनले खेलेको भूमिका विश्वभरका लागि उदाहरणीय रहेको यादवको भनाई छ ।
राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले नेपालमा महामारीको अवस्था जटिल बनेको बताउँदै नेपाल तेस्रो लहरको लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताए । नेपालमा नर्सिङ र मेडिकल कलेजको अभाव भएको बताउँदै उनले महामारीविरुद्ध भएका चिनियाँ सहयोगका लागि धन्यवाद समेत दिए ।
मजदूर किसान पार्टीका अध्यक्ष नाराणमान विजुक्छेले महामारीविरुद्ध उपलब्ध गराएको खोप र स्वास्थ्य सामाग्रीप्रति चीन सरकारलाई धन्यवाद दिए । महामारीविरुद्ध चीनले युद्ध लडेको बताउँदै बिजुक्छेले चीन साम्यवादको सफल उदाहरण भएको दाबी गरे ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले महामारीविरुद्ध चिनियाँ मोडेललाई नेपालसहित विश्वले सिको गरेको बताए ।
महामारीविरुद्ध चीनले विश्वभर दिएको सहयोगको प्रशंसा उनले गरे । विश्वमा मानव कल्याणको नेतृत्व चीनले गरेको अध्यक्ष तिमल्सिनाले बताए । नेपाललाई जीवनदायिनी स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा उनले चिनियाँ सरकारलाई धन्यवाद समेत दिए ।
उक्त अनलाइन बैठकमै चिनियाँ चिकित्सकको टोलीले सहभागि नेपाली विज्ञहरुलाई हाइड्रोजन अक्सिजन जेनेरेटर चलाउन शैली सिकाउने भएका छन् । भाइरस संक्रमणबाट जोगाउन चीनमा व्यापक रुपमा प्रयोग गरिएको उक्त उपकरणले नेपालमा धेरैले ज्यान जोगाउने आशा उनीहरुले लिएका छन् ।
चीनले विकास गरेको यो अक्सिजन जेनेरेटर परम्परागत भन्दा भिन्न रहेको र यसको प्रभावकारिता पनि बढी रहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












