महामारीविरुद्ध नेपालका दललाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग, भर्चुअल बैठकमा कुन नेताले के भने ?
काठमाडौं । नेपालमा कोरोनाभाइरस महामारीको पछिल्लो अवस्था र रोकथामका उपायबारे चिनियाँ कम्युनिष्ट पाटी र नेपालका राजनीतिक दल तथा संसदका पदाधिकारीबीच बुधबार भर्चुअल छलफल भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चेन झोउले अध्यक्षता गरेको अनलाइन छलफलमा सीपीसीका मन्त्री सोङ ताओले की-नोट स्पिच प्रस्तुत गरे ।
उक्त भर्चुअल सत्रबाटै चीनले महामारीविरुद्ध लड्न नेपाली राजनीतिक दलहरुलाई उनीहरुको हैसियत र आकार अनुसार हाइड्रोजन अक्सिजन जेनेरेटर प्रदान गर्ने घोषणा गरेको छ ।
उक्त डोनेसन समारोहलाई उपप्रधानमन्त्री एवं एमाले महासचिव इश्वर पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस विदेश विभाग प्रमुख नारायण खड्का, मजदूर किसान पार्टीका अध्यक्ष नारायमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले सम्बोधन गरे ।
सबै नेताहरुले खोप, अक्सिजन, भेन्लिेटर, कन्सनट्रटेर, जेनेरेटर लगायतका जरुरी स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई धन्यवाद दिए ।
उपप्रधानमन्त्री तथा कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समितिका सदस्य समेत रहेका पोखरेलले खोप आपूर्तिमा समन्वय गर्न चीनलाई आग्रह गरे । पोखरेलले एकता, साझेदारी र मित्रतापूर्ण सम्बन्धले मात्र महामारी नियन्त्रण हुने बताउँदै उनले भाइरसलाई पराजित गरेर अर्थतन्त्र उकास्नतर्फ लाग्नुपर्ने बेला आएको बताए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपालले चीनबाट थप खोपको अपेक्षा गरेको बताए । नेपालको अर्थतन्त्र पुनर्उत्थानका लागि चिनियाँ सहयोग जरुरी रहेको उनको भनाई थियो ।
दुबै मुलुकले हिमालय सीमापारको विकासमा मिलेर काम गर्नुपर्ने उनले जनाए । आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सहमतिको स्मरण गर्दै दाहालले विगतका सहमति कार्यान्वयन गर्नुपर्ने जरुरी रहेको बताए । नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको समेत उनले बताए ।
कांग्रेस विदेश विभाग प्रमुख नारायण खड्काले सन् १९६० मा भएको बीपी कोइरालाको चीन भ्रमण बेलादेखि नै सीपीसी र कांग्रेसबीच विशिष्ठ सम्बन्ध रहिआएको बताए । कांग्रेस र सीपीसीबीच पार्टीगत सम्बन्ध रहेको उल्लेख गर्दै उनले निरन्तर चिनियाँ सहयोगको अपेक्षा व्यक्त गरे । महामारीको कारण नेपाल कठिन समयबाट गुज्रिएको बताउँदै उनले चिनियाँ सरकारलाई सहयोगका लागि धन्यवाद दिए ।
जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खोप आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरे । महामारी नियन्त्रणमा चीनले खेलेको भूमिका विश्वभरका लागि उदाहरणीय रहेको यादवको भनाई छ ।
राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले नेपालमा महामारीको अवस्था जटिल बनेको बताउँदै नेपाल तेस्रो लहरको लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताए । नेपालमा नर्सिङ र मेडिकल कलेजको अभाव भएको बताउँदै उनले महामारीविरुद्ध भएका चिनियाँ सहयोगका लागि धन्यवाद समेत दिए ।
मजदूर किसान पार्टीका अध्यक्ष नाराणमान विजुक्छेले महामारीविरुद्ध उपलब्ध गराएको खोप र स्वास्थ्य सामाग्रीप्रति चीन सरकारलाई धन्यवाद दिए । महामारीविरुद्ध चीनले युद्ध लडेको बताउँदै बिजुक्छेले चीन साम्यवादको सफल उदाहरण भएको दाबी गरे ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले महामारीविरुद्ध चिनियाँ मोडेललाई नेपालसहित विश्वले सिको गरेको बताए ।
महामारीविरुद्ध चीनले विश्वभर दिएको सहयोगको प्रशंसा उनले गरे । विश्वमा मानव कल्याणको नेतृत्व चीनले गरेको अध्यक्ष तिमल्सिनाले बताए । नेपाललाई जीवनदायिनी स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा उनले चिनियाँ सरकारलाई धन्यवाद समेत दिए ।
उक्त अनलाइन बैठकमै चिनियाँ चिकित्सकको टोलीले सहभागि नेपाली विज्ञहरुलाई हाइड्रोजन अक्सिजन जेनेरेटर चलाउन शैली सिकाउने भएका छन् । भाइरस संक्रमणबाट जोगाउन चीनमा व्यापक रुपमा प्रयोग गरिएको उक्त उपकरणले नेपालमा धेरैले ज्यान जोगाउने आशा उनीहरुले लिएका छन् ।
चीनले विकास गरेको यो अक्सिजन जेनेरेटर परम्परागत भन्दा भिन्न रहेको र यसको प्रभावकारिता पनि बढी रहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












