सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई एमालेले सोध्यो ४८ घण्टे स्पष्टीकरण
काठमाडाै । नेकपा एमालेले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको छ ।
पार्टीको निर्णय नमानेको भन्दै शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
पार्टीको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि संसदीय दलका नेता शाहले सरकारलाई दिएको समर्थन कायमै राखेका छन् ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको निर्णय विपरीत काम गरेकाले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधिएको बताए ।
‘हामीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेका छौँ । तर, पार्टीको निर्णय संसदीय दलले सरकारलाई दिएको समर्थन कायमै राखेपछि स्पष्टीकरण सोधेका हौं,’ उनले भने, ‘स्पष्टीकरण चित्तबुझ्दो नआए दलको विधानअनुसार कारबाही हुनेछ ।’
तामाङले पार्टीको १० जेठको स्थायी कमिटी बैठकको निर्णय विपरीत सरकारलाई दिएको समर्थन किन फिर्ता नलिएको भनेर स्पष्टीकरण सोधिएको बताए ।
यसअघि १० जेठमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सुदूरपश्चिम संसदीय दलमा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल समूह बहुमतमा छ । त्यसैले नेपाल समूहले पार्टीको निर्णय अवज्ञा गर्दै सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












