संवैधानिक इजलास बस्दै, कार्की र भट्टराईले आफूबारेको निर्णय सुनाउने
काठमाडौँ । बुधबार (आज) प्रतिनिधिसभा विघटन सम्बन्धी रिटहरुको सुनुवाइका लागि संवैधानिक इजलास बस्दैछ।
सोमबार प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा अस्वस्थ्य भएपछि स्थगित भएको संवैधानिक बुधबारका लागि तोकिएको छ।
दोस्रोपटक गरिएकोे प्रतिनिधिसभा विघटन विरुद्ध परेको ३० वटा रिट निवेदनको सुनुवाइका लागि दुईपटक गठन भएका इजलास विवादमा परेका छन्।
पहिलोे पटक जेठ १४ गते गठन भएको इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र वमकुमार श्रेष्ठप्रति १४६ जना सांसदका वकिलले प्रश्न उठाएका थिए भने आइतबार गठन भएको इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराईको उपस्थितिप्रति सरकारी पक्षले प्रश्न उठाएका छन्।
केसी र श्रेष्ठ इजलासमा बसे आफूहरु नबस्ने भन्दै कार्की र भट्टराईले लिखित राय लेखेपछि सरकारी पक्षले त्यसप्रति आपत्ति जनाएको छ।
इजलासबाट अलग रहनुपर्ने भन्दै उठेको प्रश्नमा आफूले नै जवाफ दिनुपर्नेमा अरुले राय दिनु ठीक नभएको महान्यायधीवक्ता रमेश बडालसहित सरकारी पक्षको जिकिर थियो।
बुधबार इजलासमा छाड्नु पर्ने भन्दै उठेको प्रश्नमा कार्की र भट्टराईले लिखित राय दिने भएका छन्। मंगलबार दिउँसो सर्वोच्चमा उपस्थित भएर उनीहरुले इजलासमा पेश गर्ने लिखित आदेश तयार पारेका छन्।
स्रोतका अनुसार कार्की र भट्टराईले सरकारी पक्षले भने झै इजालस छाड्ने संभावना कम रहेको छ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












