मुख्यमन्त्री पोखरेलले भने- पूर्ण बहुमतमा छु, गुम्यो भने एक मिनेट पदमा बस्दिन
केन्द्रमा देखिएको राजनीतिक असमझदारीको चक्रले प्रदेश सरकार पनि प्रभावित भएको भन्दै उनले आफूले प्रदेशमा त्यो संस्कार परिवर्तन गर्न बारम्बार अनुरोध गरेको बताएका छन् ।
प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमका विषयमा शुक्रबार आफ्नो धारणाको राख्दै उनले संसदभित्रको गणितलाई आफूले पूर्णविश्वास गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘राजनीतिकरूपमा संसदमा बहुमत गुमे म मुख्यमन्त्रीमा बस्दिन, त्यो प्रतिवद्धता मैले गरिरहँदा पनि अनावश्यक विवादले कसैलाई राम्रो गर्दैन, राजनीतिमा यस्तो गलत संस्कारको विकासले कसैलाई फाइदा हुनेछैन ।’
विपक्षी दलहरूले गठबन्धन नै बनाएर आफ्नो नियुक्तिका विषयमा प्रदेश प्रमुखलाई अनावश्यक विवादमा तानेकोमा असन्तुष्ट भएका मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश प्रमुखले कानून अनुसार गरेको विषयलाई अनावश्यक उचाल्ने र विवादित बनाउने गलत संस्कार शुरू भयो, प्रदेश प्रमुखले व्यक्ति होइन कानुनका धारा हेरेर नियुक्त तथा सपथ गराउनुभएको हो, यो विषय विपक्षी दलले केन्द्रमा हेरेर पनि जान्नु आवश्यक छ, व्यक्ति हेरेर गनेर हुने भए शेरबहादुर पहिले नै प्रधानमन्त्री भइसक्नुहुन्थ्यो, यो धारामा गइसकेपछि व्यक्ति होइन दल हेरिन्छ, कानून पल्टाउनुहोस् ।’
‘प्रदेश प्रमुखमाथिको अनावश्यक आरोपलाई सामान्य नठान्नुहोला, संसदीय राजनीतिक व्यवस्थामाथिको गम्भीर प्रहार हो, प्रदेश प्रमुख संस्था हो’, उनको सुझाव थियो । मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रमको समयमा विपक्षी दलका सांसदहरुले बहिस्कार गरेको विषयमा पनि असन्तुष्टि व्यक्त गरे ।
‘प्रदेशसभामा विपक्षीका तर्फबाट सचेतक मात्र सहभागी हुनुभयो, यो संसदीय अभ्यासमा पर्छ वा पर्दैन त्यसको मूल्यांकन आफैं गर्नुहोस् तर तपाईंहरुले उठाएको बहुमतको विषय यहाँबाट पनि प्रष्ट भएको छ’, उनले भने, ‘विपक्षी दलका सांसद सबै बाहिर बस्नुभयो, सत्तारुढ ४२ जना सांसद सहभागी भयौं अब मौजुदा संसदको ८३ सदस्यबाट ४२ जनाको उपस्थिति बहुमत हो कि होइन आफै बुझ्नुहोस् र अनावश्यक विवादलाई छोड्नुहोस् ।’
मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रममा कोभिड नियन्त्रण र उपचारलाई प्राथमिकता दिएको बताए ।
Comments
अरु समाचार
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने, विद्या भण्डारी प्रमुख अतिथि
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका...
-
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, अन्य चर्चित नेताले कति ल्याए ?
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...











