पुर्वमन्त्री पुनको पहलमा टेलिकमको समस्या सुल्झाउन जेनेरेटर पठाइदै
रुकुम पूर्व । रुकुम पूर्वको नेपाल टेलिकमको नेटवर्क समस्या समाधानका निम्ति नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुनको पहलमा नेपालगञ्जबाट जेनेरेटर पठाइने भएको छ ।
अहिले रुकुम पूर्वका लागि टेलिकमको समस्या समाधान गर्न नेपालगञ्जमा १५ केभीको जेनेरेटर लोड भइरहेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका प्रमुख झविन्दलाल उपाध्यायले जनाए ।
`रुकुम पूर्वको टेलिकमको सेवा प्रभावकारी नभएका कारण भैरहवा र कर्णाली प्रदेशमा पनि समन्वय भएको थियो । तत्काल समस्या समाधान गर्नै पर्ने भएकाले भैरहवाबाट प्राविधिक टोली भोली पठाइने र नेपालगञ्जबाट आजै जेनेरेटर पठाउन लोड भइरहेको छ । अवस्था सहज भएमा संभवत भोली पुग्ला । अहिले पावरको कारण टेलिकमको सेवामा समस्या आएको हो । अब जेनेरेटर पुगेपछि यो समस्या समाधान हुन्छ तर, दिर्घकालीन रुपमै समस्या समाधान गर्न फाइबर नै चाहिन्छ । सल्यान हुदै रुकुम पूर्व र पश्चिमका लागि पनि जानेक्रम छ । शितलपोखरीबाट रुकुम पूर्व र खलङ्गा लैजाने योजान छ । त्यसरी पुग्यो भने नेटवर्क समस्या दिर्घकालीन रुपमै समस्या समाधान हुन्छ´, नेता पुनले भने ।
नेटवर्क समस्याबाट आजित जनताले मुक्ति पाउने विश्वास लिइएको उनले जनाए ।
नेपाल टेलिकम रुकुम पूर्व प्रमुख चन्दन यादव समेत समस्या समाधानका निम्ति लागिपरेको र सबैको सहकार्यका कारण समस्या समाधान गर्न सहज भएको पुनले जनाए ।
टेलिकमको पावर समस्या समाधान गर्न नेता पुनले कर्णाली प्रदेश प्रमुख शिवराज खनाल लगाएतसंग समन्वय गरेको र खनालले जेनेरेटर समस्या भएमा पत्र आएमा तुरुन्त पठाउन सकिने जवाफ दिएको पुनको भनाई थियो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











