पुर्वमन्त्री पुनको पहलमा टेलिकमको समस्या सुल्झाउन जेनेरेटर पठाइदै
रुकुम पूर्व । रुकुम पूर्वको नेपाल टेलिकमको नेटवर्क समस्या समाधानका निम्ति नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुनको पहलमा नेपालगञ्जबाट जेनेरेटर पठाइने भएको छ ।
अहिले रुकुम पूर्वका लागि टेलिकमको समस्या समाधान गर्न नेपालगञ्जमा १५ केभीको जेनेरेटर लोड भइरहेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका प्रमुख झविन्दलाल उपाध्यायले जनाए ।
`रुकुम पूर्वको टेलिकमको सेवा प्रभावकारी नभएका कारण भैरहवा र कर्णाली प्रदेशमा पनि समन्वय भएको थियो । तत्काल समस्या समाधान गर्नै पर्ने भएकाले भैरहवाबाट प्राविधिक टोली भोली पठाइने र नेपालगञ्जबाट आजै जेनेरेटर पठाउन लोड भइरहेको छ । अवस्था सहज भएमा संभवत भोली पुग्ला । अहिले पावरको कारण टेलिकमको सेवामा समस्या आएको हो । अब जेनेरेटर पुगेपछि यो समस्या समाधान हुन्छ तर, दिर्घकालीन रुपमै समस्या समाधान गर्न फाइबर नै चाहिन्छ । सल्यान हुदै रुकुम पूर्व र पश्चिमका लागि पनि जानेक्रम छ । शितलपोखरीबाट रुकुम पूर्व र खलङ्गा लैजाने योजान छ । त्यसरी पुग्यो भने नेटवर्क समस्या दिर्घकालीन रुपमै समस्या समाधान हुन्छ´, नेता पुनले भने ।
नेटवर्क समस्याबाट आजित जनताले मुक्ति पाउने विश्वास लिइएको उनले जनाए ।
नेपाल टेलिकम रुकुम पूर्व प्रमुख चन्दन यादव समेत समस्या समाधानका निम्ति लागिपरेको र सबैको सहकार्यका कारण समस्या समाधान गर्न सहज भएको पुनले जनाए ।
टेलिकमको पावर समस्या समाधान गर्न नेता पुनले कर्णाली प्रदेश प्रमुख शिवराज खनाल लगाएतसंग समन्वय गरेको र खनालले जेनेरेटर समस्या भएमा पत्र आएमा तुरुन्त पठाउन सकिने जवाफ दिएको पुनको भनाई थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












