पुटिनसँगको वार्ता सकारात्मक : बाइडेन
एजेन्सि । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई देशबीच तनावपूर्ण सम्बन्ध भइरहेका बेला बुधबार जेनेभामा विश्वका दुई शक्तिशाली नेताबीच भेटवार्ता भएको हो ।
अमेरिकी समकक्षी पुटिनसँगको वार्तापछि पत्रकार सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले कुराकानी ‘निकै रचनात्मक’ भएको प्रतिक्रिया दिएका थिए । बाइडेनसँगको कुराकानीपछि रूस र अमेरिकाबीच ‘कहिल्यै शत्रुता नै नभएको’ जस्तो आफूलाई लागेको पनि उनको भनाइ थियो ।
त्यस्तै अमेरिकी राष्ट्रपति बाइडेनले पनि पुटिनसँगको बैठक सकारात्मक भएको बताएका थिए । ‘मैले राष्ट्रपति पुटिनसँग मेरो एजेन्डा रूस वा अन्य कोहीविरुद्ध नभएको कुरा राखेँ । यो त अमेरिका र अमेरिकी नागरिकको पक्षमा रहेको छ,’ उनले भने ।
बाइडेनले पुटिनसँग साइबर सुरक्षाका बारेमा कुरा गरेका छन् । टेक्सासमा अमेरिकी पेट्रोलियम पाइपलाइनको वितरण प्रणाली र रूसको स्वास्थ्य प्रणालीमा भएको साइबर आक्रमणप्रति इसारा गर्दै पुटिनले दुवै देशका लागि ‘साइबर स्पेस’ असाधारण रूपले महत्त्वपूर्ण भएको बताए । रूसमा भएको आक्रमणबारे उनले भने, ‘मलाई लाग्दैन कि अमेरिकी प्रशासन यस कुरामा विशेष रूपले चासो राख्दछ । उ केवल आक्षेप मात्रै लगाइरहेको हुन्छ । हामीलाई विशेषज्ञसँग परामर्श गर्नु आवश्यक छ ।’
त्यस्तै उनले आर्कटिक क्षेत्रमा रूसी सैन्यीकरणलाई लिएर अमेरिकाले देखाएको चिन्ता पनि निराधार भएको बताए । परमाणु स्थिरताका बारेमा बाइडेनसँगको वार्तामा चर्चा भएको र आगामी दिनमा ‘न्यु स्टार्ट आर्म्स कन्ट्रोल’ सम्झौतामा परिवर्तन गर्ने कुरामा विचार गर्ने पनि पुटिनको भनाइ थियो ।
त्यस्तै भ्रष्टाचारको आरोपमा जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीका बारेमा पनि निष्पक्ष रुपमा समाचार सम्प्रेषण नभएको पुटिनको भनाइ छ । उनले भने, ‘यिनलाई थाहा छ कि उनले रूसको वर्तमान कानुको उल्लंघन गरेका छन् ।’ पुटिनले अगाडि भने, ‘उनलाई थाहा छ कि उनी वान्टेड छन् तर पनि रूस फर्केर उनी गिरफ्तार हुन चाहेका थिए । उनले जे चाहेका थिए, त्यही गरे ।’
अमेरिकी राष्ट्रपति बाइडेनले भने नाभाल्नीलाई केही भए त्यसको परिणाम रूसले नै भोग्नुपर्ने चेतावनी दिएका छन् ।
त्यस्तै रूसी राष्ट्रपति पुटिनले बाइडेन डोनाल्ड ट्रम्पभन्दा धेरै फरक भएको भन्दै प्रशंसा गरेका छन् । उनले बाइडेनलाई ‘एक अनुभवी राजनेता’ को संज्ञा पनि दिएका छन् । साथै कुराकानीमा उनले दुवै देशले निष्कासन गरेका कूटनीतिज्ञलाई फिर्ता बोलाउने सहमति भएको पनि जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












