काठमाडौं उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर–बिजोर लागु हुने
काठमाडौं । काठमाडौं उपत्यकामा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थप खुकुलो बनाइने जानकारी दिए । ‘‘व्यापार–व्यवसायलगायत केही क्षेत्र खुकुलो बनाउनेबारे छलफल भइसकेको छ । सार्वजनिक सवारी–साधनलाई पहिलाकै नियम कायम गर्ने भन्ने कुरा छ भने निजी सवारी–साधनको हकमा जोर–बिजोर लागु गरिनेछ । यस विषयमा छलफल भइसकेको छ,” उनले भने ।
गएको बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो ।
अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब थपिने निषेधाज्ञामा व्यावसायिक अन्य प्रयोजनका पसलहरु पनि सञ्चालन गर्न दिइनेछ । अब कपडा पसल, भाडा पसललगायत भिडभाड कम हुने पसलहरु खोल्न दिइनेछ । तर, निश्चित समय तोकिने जनाइएको छ ।
आर्थिक गतिविधिहरु चलायमान हुने गरी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । पछिल्लोपटक उपत्यकामा जारी निषेधाज्ञा भोलि (सोमबार) राति सकिँदै छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











