रुकुम पूर्वमा विपक्षी गठबन्धनको पहिलो बैठक , ओलीको असंवैधानिक कदमविरुद्ध एकताबद्ध भएर लड्ने उद्घोष
रुकुम पूर्व । विपक्षी गठबन्धनका ५ दलले रुकुम पूर्वमा पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना नियन्त्रणबारे छलफल गरेका छन् ।
विपक्षी दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको भन्दै यसको विरुद्धमा एकताबद्ध भएर लड्नुपर्ने निष्कर्ष निकालेको जनाइएको छ ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले (माधव-झलनाथ पक्ष) जनता समाजवादी पार्टी (जसपा) नेपाल र र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले ओलीको संविधान विरोधी कदमविरुद्ध एकताबद्ध भएर लड्ने उद्घोष समेत गरेका छन् ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुनको प्रमुख आतिथ्यतामा रुकुम पूर्वको सिस्ने गाउँपालिका -०५, छिप्रिदहमा विपक्षी गठबन्धनको पहिलो बैठक बसेको हो । माओवादी केन्द्रका जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
कोरोना महामारीविरुद्धको प्रतिकार्यमा समूदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सबैले एकताबद्ध भएर लड्ने र संक्रमण भइसकेका बिरामीहरुलाई पाैष्टिक खाना सेवन गर्ने र प्रतिरक्षा प्रणालीमा विकास गर्नुपर्ने खालका कार्यक्रम बनाउन नेता पुनले जोड दिएका थिए ।
यस्तै, नेता पुनले कोरोनाको तेश्रो भेरियन्ट पनि आउनसक्ने भन्दै अस्पतालहरुले बालबालिकाका निम्ति पनि बेडहरुको व्यवस्था गर्नुपर्ने जोड दिएका थिए । युवा स्वयमसेवक परिचालन तथा अस्पतालको प्रशासकीस सुधारमा समेत जोड दिनुपर्ने उनको धारणा थियो ।
बैठकमा नेता पुनसहित माओवादी जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला उप–सभापति तेजेन्द्र बुढा मगर, जिल्ला सचिव भिमबहादुर खड्का, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कृष्ण रेग्मी, लालबहादुर विसी, सिस्ने गाउँ कमिटीका इञ्चार्ज बासुदेव गौतम, एमालेको (नेपाल–खनाल)पक्षका जिल्ला सचिव भुवनेश्वर उपाध्याय, जसपाका केन्द्रिय परिषद् सदस्य ओपेन्द्रलाल कामी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष चन्द्रविक्रम शाहीको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने, विद्या भण्डारी प्रमुख अतिथि
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका...
-
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, अन्य चर्चित नेताले कति ल्याए ?
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...











