भीमार्जुनले उठाए प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिको आह्वानमै प्रश्न
काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ (५) अनुरूप प्रधानमन्त्रीको आह्वानको प्रकियामै प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आइतबार निवेदक पक्षबाट बहस गरेका आचार्यले निवेदकबाट माग भएभन्दा फरक ढंगले बहस गरेका हुन् ।
“७६ (३) को प्रधानमन्त्रीले ७६ (४) को प्रक्रिया पूरा नगरी ७६ (५) मा जानै सकिँदैन । किनभने, संसद्मा विश्वासको मत लिने कुरा म्यान्डेटरी हो,” आचार्यले भने, “प्रतिनिधिसभा विघटन असंवैधानिक हो, त्यहाँसम्म उहाँ पुग्ने अवस्था नै निर्माण भएको छैन ।”
यसअघि, ७६ (३) को प्रधानमन्त्रीले ७६ (४) अनुरूप विश्वासको मत लिनुपर्ने कुरा अनिवार्य हो र होइन भन्ने विषयमा निवेदक पक्षकै अधिवक्ता सुनील पोखरेल र दिनमणि पोखरेलबीच पनि मत बाझिएको थियो ।
सुनीलले ७ ६(२) र ७६ (५) का प्रधानमन्त्रीका लागि विश्वासको मत लिने कुरा अनिवार्य कानुनी बाध्यता भए पनि ७६ (३) को प्रधानमन्त्रीको हकमा बाध्यकारी हुन नसक्ने बताएका थिए । उनले ७६ (३) को प्रधानमन्त्री दाबी प्रस्तुत नगरी राष्ट्रपतिबाट नियुक्त हुने भन्दै बहुमत पुर्याउने आत्मविश्वास नहुँदा विश्वासको मत लिन्न भन्न सक्ने तर्क गरेका थिए ।
अधिवक्ता दिनमणि पोखरेलले भने संविधानको धारा ७६ (५) को प्रक्रिया सुरू भइसकेको भन्दै पछाडि फर्कने आधार नभएको बताएका थिए । आचार्यले भने दिनमणिसँग निकट हुने मात्र तर्क गरेका छन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












