काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन
काठमाडौँ । दुई महिनापछि काठमाडौँ उपत्यकामा मंगलबारदेखि सार्वजनिक सवारी साधन चल्न थालेका छन्। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लाग्दा सार्वजनिक सवारी साधान चल्न पाएका थिएनन्।
तर मंगलबारदेखि २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालन सुरु भएको हो। जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधान चल्ने छन्।
सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा असार २१ गतेसम्म लम्ब्याउने तर खुकुलो बनाउँदै लैजाने निर्णय गरेको थियो।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरि सवारी साधन सञ्चालन गर्नुपर्ने छ। चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने जिल्ला प्रशासनबाट जारी सूचनामा उल्लेख छ।
यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारीसाधन निसङ्क्रमित गर्नुपर्नेछ। यसरी बिहान ६ देखि बेलुका ७ बजेसम्म सार्वजनिक सवारी साधन सञ्चालन हुने छन्।
निजी सवारीसाधनमा बढीमा चार र ट्याक्सीको हकमा बढीमा तीनजना मात्रै यात्रु बस्न पाउने नियम लागु भएको छ। मोटरसाइकल–स्कुटरमा समेत जोर–बिजोर प्रणाली लागु भएको छ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












