विघटन मुद्दाको बहस सकिँदै, आजै फैसलाको संभावना
काठमाडौँ । दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिट निवेदनको बहस सोमबार सकिँदैछ।
निर्धारित समय अनुसार अब जम्मा चार घण्टा मात्रै बहस बाँकी रहेकाले सोमबार सकिने सर्वोच्चले जनाएको छ।
अब निवेदकतर्फबाट जवाफी बहस दुई घण्टा तथा नेपाल बार र सर्वोच्चबाट झिकाइएका चारजना एमिकस क्यूरीले दुई घण्टा बहस गरेपछि विघटन मुद्दाको बहस सकिनेछ।
जवाफी बहसकाे निर्धारित समयमा आइतबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एक घण्टा लिएका थिए भने सोमबार बाँकी समयमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाललले विपक्षी र इजलासले उठाइएका प्रश्नको जवाफ दिनेछन्।
आइतबार मुद्दासँग सम्बन्धित गम्भीर संवैधानिक प्रश्न सोधे पनि वरिष्ठ अधिवक्ता श्रेष्ठले राजनीतिक भाषणबाजी गरेर समय बिताएका थिए।
सर्वोच्च बारले एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ भने नेपाल बारले राघवलाल वैद्य र उषामल्ल पाठक पठाएको छ। स्रोतका अनुसार सोमबार निर्धारित कार्यतालिका अनुसार बहस सकियो भने फैसला सार्वजनिक हुने संभावना धेरै रहेको छ।
असार ९ गतेदेखि निरन्तर हुँदै आएको सुनुवाइमा संवैधानिक इजलासले विनेदक पक्षलाई सुरुवाति बहसका लागि १२ घण्टा, जवाफी बहसका लागि थप तीन घण्टा, विपक्षीलाई १५ घण्टा र एमिकस क्यूरीका लागि दुई घण्टा समय निर्धारण गरेको थियो।
निवेदकले बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष बुझाएकाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन्।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












