मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्ताव फेस नगर्ने,बैठक अगावै राजीनामा दिने
काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठक अगावै राजीनामा दिने भएका छन ।
अहिले बिहान बुटवलमा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठक बसिरहेको छ ।
बैठकमा सहभागी एक जना सांसदका अनुसार दिउँसोको प्रदेशसभा बैठक अगावै राजीनामा दिने मुडमा पोखरेल देखिएका हुन । ‘मुख्यमन्त्रीले विपक्षी दलहरुको अविश्वास प्रस्ताव फेस नगर्ने मनस्थितिमा पुगेको,’ उनले भने ।
यसैबीच पोखरेल सरकारमा सामेल जसपाका मन्त्री सन्तोषकुमार पाण्डेयले हिजो साँझ मुख्यमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् । आफ्नो पार्टी जसपाको संसदीय दलको निर्णयानुसार सरकार छाड्नुपर्ने भएकाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । अरु दुई मन्त्रीको पनि केही बेरमा राजीनामा आउँदैछ ।
सरकार स्पष्टसँग अल्पमतमा परे पनि तत्कालीन प्रदेश प्रमुखको सहयोगमा प्राविधिक रुपमा सरकार सञ्चालन गर्दै आएका मुख्यमन्त्री पोखरेल पछिल्ला दिन थप संकटमा परेपछि अविश्वास प्रस्तावमाथिको छलफल र मतदान अगावै राजीनामा दिने मुडमा पुगेको बताइन्छ ।
लुम्बिनी र गण्डकी प्रदेश सरकार ढल्नुमा नेकपा विवाद कारक रहे पनि यसमा माधव नेपाल खेमाको प्रत्यक्ष भूमिका देखिन्न ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु संकटदेखि विश्व शान्तिसम्म कस्तो छ कूटनीतिक सन्देश ?
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सहभागिताले नेपालको अन्तरराष्ट्रिय प्राथमिकता र कूटनीतिक चासो अभिव्यक्त गर्ने अवसर दिएको...
-
जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमतिबारे प्रश्न
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएका व्यक्ति रहेको तथ्य सार्वजनिक...
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...












