मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्ताव फेस नगर्ने,बैठक अगावै राजीनामा दिने
काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठक अगावै राजीनामा दिने भएका छन ।
अहिले बिहान बुटवलमा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठक बसिरहेको छ ।
बैठकमा सहभागी एक जना सांसदका अनुसार दिउँसोको प्रदेशसभा बैठक अगावै राजीनामा दिने मुडमा पोखरेल देखिएका हुन । ‘मुख्यमन्त्रीले विपक्षी दलहरुको अविश्वास प्रस्ताव फेस नगर्ने मनस्थितिमा पुगेको,’ उनले भने ।
यसैबीच पोखरेल सरकारमा सामेल जसपाका मन्त्री सन्तोषकुमार पाण्डेयले हिजो साँझ मुख्यमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् । आफ्नो पार्टी जसपाको संसदीय दलको निर्णयानुसार सरकार छाड्नुपर्ने भएकाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । अरु दुई मन्त्रीको पनि केही बेरमा राजीनामा आउँदैछ ।
सरकार स्पष्टसँग अल्पमतमा परे पनि तत्कालीन प्रदेश प्रमुखको सहयोगमा प्राविधिक रुपमा सरकार सञ्चालन गर्दै आएका मुख्यमन्त्री पोखरेल पछिल्ला दिन थप संकटमा परेपछि अविश्वास प्रस्तावमाथिको छलफल र मतदान अगावै राजीनामा दिने मुडमा पुगेको बताइन्छ ।
लुम्बिनी र गण्डकी प्रदेश सरकार ढल्नुमा नेकपा विवाद कारक रहे पनि यसमा माधव नेपाल खेमाको प्रत्यक्ष भूमिका देखिन्न ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











