लुम्बिनीमा आलोपालो सरकारको नेतृत्वको गर्ने माओवादी र कांग्रेसबीच सहमति
रूपन्देही । लुम्बिनी सरकारको नेतृत्वका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति गरेका छन् ।
अब १६ महिना कार्यकाल बाँकी रहेका उनीहरूले ८/८ महिना नेतृत्व गर्ने सहमति गरेका हुन् ।
मुख्यमन्त्रीले राजीनामा दिएपछि बहुमतमा रहेका गठबन्धनको सरकार बन्ने पक्का भएकाले कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो गरी सत्ता सञ्चालन गर्ने सहमति भएको माओवादीका सांसद सुर्दशन बरालले बताए ।
बरालका अनुसार शुरूको ८ महिना माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी र बाँकी समय नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्नेछन् । यो विषयमा लिखित सहमति भने नभए पनि भद्र सहमति भएको बरालले बताए ।
मंगलबार बसेको गठबन्धनको बैठकले यस्तो आन्तरिक सहमति गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए । माओवादी र कांग्रेसले गण्डकी र लुम्बिनीको मुख्यमन्त्री बाँडे पनि लुम्बिनीमा शक्ति सन्तुलन मिलाउन यस्तो गरिएको कांग्रेस नेताहरूको भनाइ छ । यद्यपि यो कानूनअनुसार मिल्छ वा मिल्दैन त्यो जानकारी नेताहरूलाई क्लियर छैन ।
Comments
अरु समाचार
-
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्नसक्ने बताएका छन् । नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित...
-
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका...
-
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत...
-
राष्ट्रिय एकता दिवसका अवसरमा दूधरास–छिल्लीकोट दौड प्रतियोगिता
काठमाडौं । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९...
-
जर्मनीमा भैंसीमा रोगको सङ्क्रमण
काठमाडौं । जर्मनीले शुक्रबार बर्लिन नजिकैको एउटा फार्ममा भैँसीको खुट्टा र मुख रोगको तीनवटा घटनाहरू रेकर्ड गरेको छ, जुन सन्...
-
कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।...
-
तिलिचोको आधार शिविरमा पुग्यो राष्ट्रिय प्रसारण लाईन
काठमाडौं । मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) र थोराङ्ला भञ्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ...
-
पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै
काठमाडौं । गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर...
-
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको...