एमसीसीबारे राष्ट्रिय सहमति बनोस्: सभामुख सापकोटा
काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसिसी) जनताको घर-घरमा पुगेको विषय भएको भन्दै राष्ट्रिय सहमति हुने आशा व्यक्त गरेका छन् ।
बुधबार पत्रकारसँग कुरा गर्दै उनले आफूले यस विषयलाई तटस्थ ढङ्गले अध्ययन गरिरहेको भन्दै एमसिसीमा राष्ट्रिय सहमति भएमा यसलाई अघि बढाउन सजिलो हुने बताएका हुन् ।
‘एमसिसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु। यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु कि राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय हो‚’ उनले भने,‘ राष्ट्रिय सहमति गर्ने विषय हो। संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका बीचमा सहमति होस्। हिजो पूर्वप्रधानमन्त्रीले पनि भन्नुभयो, विगतमा पनि के भन्नुभएको थियो जनतामा गएकै छ, त्यो कुरा मलाई निको नै लागेको छ।’
सभामुख सापकोटाले मन्त्रिपरिषद विस्तार भएपछि चाँडै नै सर्वदलीय बैठक राखेर संसद सञ्चालनबारे छलफल गर्ने बताए।
‘पार्टीहरू आन्तरिक गतिविधिमा केन्द्रित छन्, प्रधानमन्त्रीको महाधिवेशन नजिकिँदै छ, सरकार विस्तार हुन सकेको छैन, उपेन्द्रजीको पार्टीमा पनि भर्खर कुरा मिलेको छ, अहिले नै विधेयक लैजाने बारेमा अनुकूल समय नभएर हो कि सरकारले ल्याएको छैन’, उनले भने, ‘मैले पनि यसै लगेर हुँदैन, सभामुखको असीमित अधिकार सीमित प्रयोग हुनेरैछ, सभामुखका सीमितता पनि हुने रहेछन्, सभामुख हुँदै गर्दा मेरा स्वतन्त्रता खोसिए जस्तो लागेको थियो, मन्त्रिपरिषद् विस्तार भएपछि सर्वदलीय बैठक राखेर संसद सञ्चालनबारे छलफल गर्छु।’
उनले उपसभामुख नहुँदा आफूलाई पनि असर परेको भन्दै यस विषयमा कुरा चलाएको बताए। यसका लागि सत्तारूढ पार्टीको भूमिका धेरै हुने भन्दै चाँडै गर्न सुझाए।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












