एमसीसीबारे राष्ट्रिय सहमति बनोस्: सभामुख सापकोटा
काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसिसी) जनताको घर-घरमा पुगेको विषय भएको भन्दै राष्ट्रिय सहमति हुने आशा व्यक्त गरेका छन् ।
बुधबार पत्रकारसँग कुरा गर्दै उनले आफूले यस विषयलाई तटस्थ ढङ्गले अध्ययन गरिरहेको भन्दै एमसिसीमा राष्ट्रिय सहमति भएमा यसलाई अघि बढाउन सजिलो हुने बताएका हुन् ।
‘एमसिसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु। यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु कि राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय हो‚’ उनले भने,‘ राष्ट्रिय सहमति गर्ने विषय हो। संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका बीचमा सहमति होस्। हिजो पूर्वप्रधानमन्त्रीले पनि भन्नुभयो, विगतमा पनि के भन्नुभएको थियो जनतामा गएकै छ, त्यो कुरा मलाई निको नै लागेको छ।’
सभामुख सापकोटाले मन्त्रिपरिषद विस्तार भएपछि चाँडै नै सर्वदलीय बैठक राखेर संसद सञ्चालनबारे छलफल गर्ने बताए।
‘पार्टीहरू आन्तरिक गतिविधिमा केन्द्रित छन्, प्रधानमन्त्रीको महाधिवेशन नजिकिँदै छ, सरकार विस्तार हुन सकेको छैन, उपेन्द्रजीको पार्टीमा पनि भर्खर कुरा मिलेको छ, अहिले नै विधेयक लैजाने बारेमा अनुकूल समय नभएर हो कि सरकारले ल्याएको छैन’, उनले भने, ‘मैले पनि यसै लगेर हुँदैन, सभामुखको असीमित अधिकार सीमित प्रयोग हुनेरैछ, सभामुखका सीमितता पनि हुने रहेछन्, सभामुख हुँदै गर्दा मेरा स्वतन्त्रता खोसिए जस्तो लागेको थियो, मन्त्रिपरिषद् विस्तार भएपछि सर्वदलीय बैठक राखेर संसद सञ्चालनबारे छलफल गर्छु।’
उनले उपसभामुख नहुँदा आफूलाई पनि असर परेको भन्दै यस विषयमा कुरा चलाएको बताए। यसका लागि सत्तारूढ पार्टीको भूमिका धेरै हुने भन्दै चाँडै गर्न सुझाए।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












