काबुल नजिक तालिबान, रणनीतिक रुपमा महत्वपूर्ण जलालावाद पनि कब्जा
काठमाडाैँ । तालिबान बिद्रोही अफगानिस्तानकाे सम्पूर्ण क्षेत्रमा नियन्त्रण कायम गर्ने मार्गमा अघि बढेको छ।
तालिबान लडाकुले पछिल्लोपटक पूर्व क्षेत्रको महत्वपूर्ण शहर जलालावाद कब्जा गरेका छन्।
तालिबान लडाकुले बिना युद्ध जलालावाद आइतबार बिहान कब्जा गरेको रोयटर्ससहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अब अफगानिस्तान सरकारको नियन्त्रणमा रहेको प्रमुख र महत्वपूर्ण शहर राजधानी काबुल मात्रै हो।
तालिबान लडाकुहरु राजधानी काबुललाई चारैतिरबाट घर्ने क्रममा छन्। उनीहरु काबुलतर्फ अघि बढिरहेका छन्। गएको हप्ता मात्रै अमेरिकी गुप्तचर निकायले कम्तीमा तीन महिनामा काबुल नियन्त्रणमा लिन प्रयास गर्ने उल्लेख गरेको थियो, तर त्यो भन्दा निकै चाँडो तालिबानले आफ्नो पकड क्षेत्र बिस्तार गरेको हो।
जलालावाद अफगानिस्तानका र विशेष गरि राजधानी काबुलका लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण शहर हो। पाकिस्तानको पेशावर शहरसँग जोड्ने रणनीतिक राजमार्ग जलालावाद हुँदै जान्छ। भूपरिवेष्ठित अफगानिस्तानका लागि सो राजमार्ग अति महत्वपूर्ण छ।
जलालावादका गभर्नरले आत्मसमर्पण गरेकाले बिना युद्ध शहर तालिबानको कब्जामा गएको स्थानीय अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्। मानवीय हताहती नहोस् भन्नका लागि आत्मसमर्पण गरिएको बताइएको छ।
यसअघि तालिबान लडाकुले उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका थिए।
मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्छ। सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता ठानिएको छ।
अमेरिकी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुगेसँगै तालिबानले ग्रामीण इलाका हुँदै शहरी क्षेत्रमा आफ्नो प्रभाव बढाएको छ। अफगान राष्ट्रपति अश्रफ घानी केही दिनअघि मात्रै मजार–ए–शरीफ शहरको भ्रमणमा गएका थिए। उनी सरकारी सुरक्षा बलको मनोबल बढाउनका लागि त्यहाँ गएका थिए।
पछिल्लो हिंसाका कारण साढे दुई लाख भन्दा बढी मानिस बिस्थापित भएका छन्। विस्थापित भएकाहरुमध्ये धेरै राजधानी काबुल तर्फ गएका छन्। तालिबानको नियन्त्रणमा गएको क्षेत्रका महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारिएको छ। तालिबान लडाकुले आफ्ना नियमहरु नमान्नेहरुलाई कुटपिट गरेको पनि खबर छ।
पश्चिमा देशहरु आफ्ना नागरिक फिर्ता लैजान हतारो गरिरहेका छन्। बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफ अफगानिस्तानको चौथो ठूलो शहर हो। सो शहर अधिकांश रुपमा बिना युद्ध तालिबानले कब्जा गरेको स्थानीय अधिकारीहरुले बताएका छन्।
अफगान आर्मीले पहिलो आत्मसमर्पण गरेको र त्यसपछि मात्रै सरकार पक्षधर सुरक्षा बल तथा सैन्य समूहले हात उठाएको बाल्कबाट प्रतिनिधित्व गर्ने सांसद अबास इब्राहिमजादाले एसोसिएटेड प्रेसलाई बताएका छन्।
उज्वेकिस्तान र ताजिकिस्तानको सीमा नजिक रहेको मजार–ए–शरीफ प्रमुख आर्थिक केन्द्र हो। तालिबानले यो भन्दा पहिले सन् १९९० को दशकमा सो शहरमा नियन्त्रण कायम गरेका थिए।
अमेरिका नेतृत्वको नेटो सैनिकले सन् २००१ देखिको सैन्य अभियान अफगानिस्तानमा समाप्त गर्दै छन्। अमेरिकी सैनिक यहि अगस्ट अन्तिमसम्ममा तथा अरु विदेश सैनिकहरु सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने छन्। विदेशी सैनिक फिर्ता हुन थालेसँगै तालिबानको प्रभाव बढेको हो।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












