अधिवक्ता अर्यालले प्रधानन्यायाधीश पनि भागबण्डामा सहभागी भएको भनेपछि राणा इजलासमै आक्रोशित
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा भएका नियुक्तिविरुद्धको रिटको संवैधानिक इजलासमा सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा आक्रोशित भएका छन्।
रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश राणाको समेत भागबण्डामा ती नियुक्तिहरु भएकोले बदर हुनुपर्ने जिकिर बहसका क्रममा गरेपछि राणा आक्रोशित भएका हुन्।
बहसका क्रममा अर्यालले ‘प्रधानन्यायाशीध राणाले समेत भागबण्डा लिएर संवैधानिक नियुक्तिहरु भए। बिहान बैठकमा कोरम नपुग्ने अनि बेलुका अध्यादेश जारी गरेर नियुक्ति गर्ने सरासर गलत हो’, भनेका थिए।
अर्यालले भागबण्डा गरेको भनेपछि संवैधानिक इजलासमै राणा आक्रोशित भएका हुन्।
‘मैले संविधान र कानुनले दिएको दायित्व पूरा गरेको हो। भागबण्डा गर्याे भनेर व्यक्तिगत आरोप नलगाउनुहोस्। तपाईँसँग के प्रमाण छ मैले भागबण्डा लिएको? व्यक्तिगत रुपमा आरोप प्रत्यारोपमा उत्रिने? यस्ता कुरा नगर्नुहोस् यहाँ’,उनले इजलासमा आक्रोशित हुँदै भने।
राणा आक्रोशित भए पनि अर्याल आफ्ना कुरामा अडिग रहे। उनले प्रधानन्यायाधीश समेतले भागबण्डा गरेको कुरा बाहिर जनताले भनिरहेको बताए।
‘प्रधानन्यायाधीशले पनि भागबण्डामा नियुक्ति भयो भने बाहिर जनताले भनिरहेका छन् श्रीमान्’, अर्यालले थपे।
जनताले भनिरहेका छन् भनेपछि राणा थप आक्रोशित भए। ‘बाहिर जनताले भने भन्दैमा तपाईँले यहाँ भन्न पाउनुहुन्न’, राणाले भने।
उनले आफ्नाविरुद्धको रिट आफै हेर्नुपरिरहेकाले बरु त्यसको विकल्प दिन आग्रह गरे।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












