‘खाद्यान्न ढुवानीमा आफू निकट कार्गो एजेन्सिलाई घुसाउन चलखेल’
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुर्गममा खाद्यान्न ढुवानीका लागि निकटका हवाई कम्पनि तथा एजेन्सिलाई पोष्न चलखेल गर्न खोजेको आरोप लागेको छ ।
दुर्गम क्षेत्र कर्णालीमा सुर्खेत र नेपालगञ्जदेखी हुम्लाको सिमिकोटसम्म हवाईमार्गमार्फत खाद्यान्न ढुवानीका लागी आफ्नो निकट हवाई कम्पनिलाई पोष्ण एकसाता समयावधि थप गरिएको हो ।
हवाईमार्गबाट खाद्यबस्तु ढुवानीका लागी मिती २०७८ भाद्र ४ गते प्रकाशित सुचनामा भाद्र १५ गते अन्तिम समयावधीमा ३ वटा टेण्डर फारम विक्रि भएका छन ।
स्रोतका अनुसारः तीन हवाई तथा कार्गो एजेन्सी (तारा हवाई कम्पनि, समिट हवाई कम्पनि र सिम्रिक हवाई कम्पनि) ले बोलपत्र फारम खरिद गरेकोमा २ ओटा कम्पनिले मात्र समयावधि भित्र समिट र ताराले टेण्डर दाबी (बोलपत्र) दर्ता गरिसकेका छन ।
यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी भने केही कम्पनिले बोलपत्र खरिद तथा दर्ता गर्ने अवधि बढाई पाँउ भनि निवेदन दिएको कारण देखाउदै एकसाता थप गरेको सुचना प्रकाशित गरेको छ ।
आज भाद्र १५ गते दिउसो १२ बजे सम्म बोलपत्र दर्ताको अन्तिम समयावधी भएपनि डेढ घण्टा समय ढिला साढे १ बजे मात्र समयावधी थप गरेको सुचना गरिएको हो ।
यी सम्पुर्ण प्रकृयालाई हेर्दा आफू निकट गार्गो कम्पनिलाई टेण्डर दिलाउन चलखेल गरेको प्रष्ट बुझिन्छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका श्री मोहन प्रकाश चन्दले आफू निकट कार्गो एजेन्सि सिम्रिकलाई टेण्डर दिलाउन चलखेल गरेको भन्ने खुलेको छ ।
समयावधि भित्रै बोलपत्र दर्ता गराएका समिट र तारा हवाई कम्पनि तोकेको अवधिमै बोलपत्र खोल्नु पर्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा पुगेका छन ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












