‘खाद्यान्न ढुवानीमा आफू निकट कार्गो एजेन्सिलाई घुसाउन चलखेल’
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुर्गममा खाद्यान्न ढुवानीका लागि निकटका हवाई कम्पनि तथा एजेन्सिलाई पोष्न चलखेल गर्न खोजेको आरोप लागेको छ ।
दुर्गम क्षेत्र कर्णालीमा सुर्खेत र नेपालगञ्जदेखी हुम्लाको सिमिकोटसम्म हवाईमार्गमार्फत खाद्यान्न ढुवानीका लागी आफ्नो निकट हवाई कम्पनिलाई पोष्ण एकसाता समयावधि थप गरिएको हो ।
हवाईमार्गबाट खाद्यबस्तु ढुवानीका लागी मिती २०७८ भाद्र ४ गते प्रकाशित सुचनामा भाद्र १५ गते अन्तिम समयावधीमा ३ वटा टेण्डर फारम विक्रि भएका छन ।
स्रोतका अनुसारः तीन हवाई तथा कार्गो एजेन्सी (तारा हवाई कम्पनि, समिट हवाई कम्पनि र सिम्रिक हवाई कम्पनि) ले बोलपत्र फारम खरिद गरेकोमा २ ओटा कम्पनिले मात्र समयावधि भित्र समिट र ताराले टेण्डर दाबी (बोलपत्र) दर्ता गरिसकेका छन ।
यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी भने केही कम्पनिले बोलपत्र खरिद तथा दर्ता गर्ने अवधि बढाई पाँउ भनि निवेदन दिएको कारण देखाउदै एकसाता थप गरेको सुचना प्रकाशित गरेको छ ।
आज भाद्र १५ गते दिउसो १२ बजे सम्म बोलपत्र दर्ताको अन्तिम समयावधी भएपनि डेढ घण्टा समय ढिला साढे १ बजे मात्र समयावधी थप गरेको सुचना गरिएको हो ।
यी सम्पुर्ण प्रकृयालाई हेर्दा आफू निकट गार्गो कम्पनिलाई टेण्डर दिलाउन चलखेल गरेको प्रष्ट बुझिन्छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका श्री मोहन प्रकाश चन्दले आफू निकट कार्गो एजेन्सि सिम्रिकलाई टेण्डर दिलाउन चलखेल गरेको भन्ने खुलेको छ ।
समयावधि भित्रै बोलपत्र दर्ता गराएका समिट र तारा हवाई कम्पनि तोकेको अवधिमै बोलपत्र खोल्नु पर्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा पुगेका छन ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












