बालकोट बोलाएर ओलीले भने- उपाध्यक्ष भीम रावलले समन्वय गर्ने, सुदूरपश्चिमको इन्चार्ज लेखराज नै
कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएका छन् ।
आज ओलीनिवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र भट्टले इन्चार्जको रुपमा काम गर्ने बताएका हुन् । अध्यक्ष ओलीले प्रदेशको अध्यक्ष कर्ण थापा नै रहने समेत बताए ।
यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल भट्ट र थापालाई जिम्मेवारी दिइएको थियो । रावललाई उपाध्यक्षको हैसियतमा भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा तथा थापालाई प्रदेशको अध्यक्षको हैसियतमा त्यो जिम्मेवारी तोकिएको ओलीले स्पष्ट पारेका थिए ।
‘जेठ २ कार्यान्वयनको लागि उपाध्यक्षको हैसियतमा तपाइंले संयोजनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी हो’ अध्यक्ष ओलीले रावललाई भनेका थिए ।
छलफलमा रावलले भने आफू अन्यायमा परेको बताएका थिए । ‘सबै ठाउँमा जेठ २ कार्यान्वयन भयो सुदूरपश्चिममा मात्रै किन नहुने ?’ उनले ओलीलाई भनेका थिए ‘ममाथि अन्याय हुँदैछ । ’
रावलको प्रश्नमा ओलीले जेठ २ हुबहु लागू हुन नसक्ने बताएका थिए । ‘एमाले जेठ २ पनि हो जेठ ३ पनि हो र फागुन २३ पनि हो’ ओलीको जवाफ उदृत गर्दै छलफलमा सहभागी एक नेताले भने संकटमा पार्टी जोगाउन भूमिका खेलेकाहरुमाथि अन्याय हुन दिन्नँ ।’
फागुन २३ गते भट्ट इन्चार्ज तोकिएका थिए ।
विगतमा तयार भएका कमिटी र तोकिएका जिम्मेवारीहरू पनि सबै हेरफेर हुन नसक्ने भन्दै ओलीले भनेका थिए ‘नेकपा एमालेले जुन कार्य विभाजन गरेर जिम्मेवारी तोकेको छ त्यो यथावत् रहन्छ ।’
रावलले ओलीको जवाफमा प्रतिउत्तर गर्दै माओवादी पृष्ठभूमिबारे पनि टिप्पणी गरेका थिए ।
बिहान ९ बजे देखी सुरु भएको छलफल करिब १२ बजे सकिएको थियो ।
उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवास नेम्वाङ तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई तथा लेखराज भट्टलाई ओली बालकोटमा बोलाएका थिए ।
छलफलका क्रममा सहभागी अन्य नेताहरूले पनि पार्टीलाई संकटमा साथ दिएकाहरूलाई उचित व्यवस्थापन हुनुपर्ने बताएका थिए ।
‘आइतबार संसदीय दलको बैठकमा जानुपर्ने भएको हुँदा इन्चार्ज लेखराज नै कायम हुने भन्दै बैठक सकिएको हो तर, रावल यसमा सन्तुष्ट छैनन्’ छलफलमा सहभागी अर्का नेताले भने ‘यस बिषयमा फेरी छलफल गरेर सहमति गराइने बताइएको छ । ’
एमाले विवाद समाधान गर्न र विभाजन टार्न असार २७ मा ओली र माधव नेपाल समूहको १० सदस्यीय कार्यदलले १० बुँदे सहमति तयार गरेको थियो ।
नेपालले उक्त सहमति नमान्ने बताएपछि कार्यदलका सबै सदस्यहरू एमालेमै रहेका थिए भने माधव नेपालले नेकपा एकीकृत समाजवादी तयार गरेका हुन् ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












