खासमा के भएकाे थियाे बुद्ध एयरकाे जहाजमा?
काठमाडाैँ । बुद्ध एयरले आज आफ्ना जहाजको ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या भएको जनाएको छ।
समस्याका बाबजुद जहाज सकुशल अवतरण भएको कम्पनीले जनाएको छ।
कम्पनीकै भनाइमा यस्तो थियो घटना
उडान संख्या यू४ ७०१ भएको ९एन–एएनआई कलसाइनको हाम्रो जहाज काठमाडौंबाट आज बिहान विराटनगर उडेको थियो।
जहाजमा वयस्क ६८, बच्चा २ र शिशु ३ गरी कुल ७३ जना यात्रु थिए।
विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या देखियो। टावरले पनि गियर नझरेको जानकारी दिएपछि जहाजका क्याप्टेनले पुनः जहाज काठमाडौं फर्काउने निर्णय गरे।
सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंकै आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षित साथ अवतरण गर्न सफल भयौँ।
कम्पनीका अनुसा जहाजमा ल्यान्डिङ गियरका लागि २ इन्डिकेटर हुन्छन्। यसअनुसार प्राइमरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेन्डरी इन्डिकेटरमा सबै ठीकै देखिएको थियो। यसरी सेकेन्डरी इन्डिकेटरमा बत्ती बलेको अवस्थामा पनि ल्यान्डिङ गियर खुलेकै मानिन्छ।
क्याप्टेनले जहाज काठमाडौं फर्काउने निर्णय आकस्मिक रुपमा लिएका थिए। त्यसपछि जहाज काठमाडौं आएको र बुद्ध एयरको प्राविधिक टोलीको रेडियो सम्पर्कमा ल्यान्डिङ गियर जाँच गर्दा सही र झरेको जानकारी भएको कम्पनीको भनाइ छ।
सोहीअनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार काठमाडौं विमानस्थलमा जहाज सामान्य रुपमै अवतरण भएको कम्पनीले जनाएको छ।
यस क्रममा यात्रु र उनीहरुको आफन्तजन र साथीहरुमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले माफी मागेको छ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












