नागरिकको माग संबोधन गर्ने प्रदेश सांसद ओलीको प्रतिबद्धता
रुकुम –पूर्व) । रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकास्थित अधिकांस क्षेत्रका नागरिकले खेलकुदको लागि खेल मैदान निर्माणको माग गरेका छन् । त्यहाँका युवाहरुसँगसँगै माथील्लो तहका बुद्धिजिवीहरुले खेल क्षेत्रको विकासको लागि व्यवस्थित खेल मैदान निर्माणको माग गरेका छन् । रुकुम –पूर्व) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका सदस्य तेजबहादुर ओली एक हप्ते जनभेटघाटको क्रममा पुथाउत्तरगंगा गाउँपालिकाको विभिन्न क्षेत्रमा पुगेको बेलामा त्यहाँका नागरिकहरुले यस्तो माग गरेका हुन् ।
गाउँपालिकाको १ नम्बर वडा मैकोट, ६ नम्बर वडाको डिम्मुरगैरा, ४ नम्बर वडाको अर्जललगाएतका विभिन्न ठाउँमा व्यवस्थित खेल मैदानको लागि बजेटको व्यवस्था गरिदिन सांसद ओलीसमक्ष युवाहरुले माग राखेका छन् । पुथाउत्तरगंगाका विभिन्न क्षेत्रमा खेलमैदान निर्माणको माग गरेपछि अधिकांसले भने क्लब दर्ता नगरेको पाइएको छ । क्लब दर्ता गरेर संस्थागत रुपमा आए खेल क्षेत्रको विकासको लागि आवश्यकताअनुसार खेल मैदानको लागि बजेटको व्यवस्था गर्ने प्रदेशसभा सदस्य ओलीले बताउनुभयो ।
यस्तै वडा नम्बर ५ हुकामका नागरिकले दलित बस्तिमा सुधारीएको चुलोको व्यवस्थका साथै पुरानो सिपलाई आधुनीकीकरण गर्नको लागि आवश्यक बजेटको माग गरेका छन् । यस्तै पेल्माका नागरिकले महिला भवन निर्माणसँगसँगै सिपमुलक तालिमको व्यवस्था गर्न, पेल्मालाई छिटो सडक संजालमा जोड्न र गलै्रचाँ उद्योगको लागि संरचना निर्माणको माग गरेका छन् । मैकोटबासीले काजरजङ खोला लघुजलविधुत आयोजना मर्मतको लागि थप बजेटको व्यवस्था गर्न, दलित टोलमा आरण व्यवस्थापन, पानिको मुहान संरक्षण र बाटो मर्मतको लागि बजेटको माग गरिएको छ ।
वडा नम्बर ४ अर्जलमा पनि खानेपानीको चरम समस्या भएका कारण त्यहाँ पनि खानेपानीको लागि पहल गरिदिन त्यहाँका नागरिकले सांसद ओलीसमक्ष आग्रह गरेका छन् । तकसेराबासीले ढोरपाटन सिकार आरक्षको कारण टावर निर्माणको काम हुन नसकेको भन्दै सहजिकरण गरिदिन माग गरेका छन् । जनताको समस्या बुझ्न भन्दै एक हप्ताको समय निकालेर जिल्लाको विकट क्षेत्र पुथाउत्तरगंगा गाउँपालिकाको विभिन्न क्षेत्रमा पुग्नुभएका ओलीले जनतासँग प्रत्यक्ष भेटघाट तथा उनिहरुका गुनासा सुनेपछि सबै गुनासाहरुलाई संबोधन गर्ने बताउनुभएको छ ।
नागरिकले राखेका समस्यालाई संबोधनको लागि कतीपय ठाउँमा यसैपाली बजेट बिनियोजन भएको बताउदै नयाँ ठाउँ र नयाँ मागको लागि अर्को वर्षमा बजेट बिनियोजन गर्ने सांसद ओलीले बताउनुभयो । बजेट आवश्यक पर्ने ठाउँमा बजेटको व्यवस्था र समन्वय, सहजिकरणको आवश्यकता परेमा त्ये भूमीका खेल्ने पनि उहाँले नागरिकसमक्ष प्रतिबद्धता जनाउनुभएको छ । जनताका मागलाई सरकारले संबोधन गर्ने बताउदै गाउँठाउँको विकासको लागि नागरिक आफै पनि सक्रिय हुनुपर्नेमा सांसद ओलीले जोड दिनुभएको छ ।।
Comments
अरु समाचार
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...












