झलनाथ खनालको दबाबमा याैन दुराचारी अधिकारीलाई वायु सेवा निगमको जिम्मा
काठमाडौं । वायु सेवा निगमको अध्यक्षमा यौन दुराचारमा संलग्न युवराज अधिकारीलाई सरकारले नियुक्त गरेको छ । आफू मातहतका कर्मचारीमाथि यौन दुराचारमा संलग्न रहेका अधिकारीलाई सोमबारको मन्त्रिपरिषद बैठकले निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।
स्रोतका अनुसार नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको दबाबमा अधिकारीलाई नियुक्त गरिएको हो।
अधिकारी नेता खनालका गृह जिल्ला इलामका हुन । उनि कहिले राप्रपा कहिले एमाले गर्दै पार्टि चाहार्दै हिड्छन ।
नेकपा एस सरकारमा सहभागी भएपछि पहिले नियुक्ति नै याैन दुराचारीलाई गरेको हो ।
निगमका तत्कालीन अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा अधिकारीलाई नियुक्त गरिएको हो। घिमिरेलाई सुरुमा कार्यकारी अध्यक्ष बनाइएको भए पनि पछि कार्यकारी जिम्मेवारी डिमप्रकाश पौडेललाई दिइएको छ। अधिकारीले निगमको अर्थ विभाग प्रमुख हुँदा महिला कर्मचारीमाथि यौन हिंसा गरेका थिए। मातहतका कर्मचारीले उनीविरुद्ध राष्ट्रिय महिला आयोगमा समेत निवेदन दिएका थिए।
यौन हिसांकै विषयमा कर्मचारीले निगमका तत्कालीन महाप्रबन्ध सुगतरत्न कंसाकार समक्षसमेत निवदेन दिएका थिए।
हिंसा गरेको पुष्टि भएसँगै अधिकारीले माफी माग्दै अब उपरान्त यस्तो काम नगर्ने भन्दै मेलमिलाप गरेका थिए।
मेलमिलाप पत्रमा भनिएको छ, ‘ क्षमा मागी आगामी दिनमा सोही किसिमको गल्ती नदोहोर्याउने तथा दुबै पक्षले काँही कतै उजुरी नगर्ने गरी महाप्रबन्धको कार्याकक्षमा बसी होसहवासमा मेलमिलाप गरियो।’
अधिकारीले महिला कर्मचारीलाई आफ्नो कार्यकक्षमा बोलाइ ‘कति राम्री देखिएकी भन्दै संवेदनशिल अंगमा हेर्ने/छुने, यौन हिंसाजन्य कुरा गर्ने, सरुवा बढुवामा राम्रो ठाउँ मिलाइदिन्छु, विदेश घुम्न जाउँ, मसँग मोज गर्नुपर्छ भन्दै मानसिक यातना दिने र आत्मसम्मानमा गम्भीर चोट पुर्याउने काम गरको’ भन्दै कर्मचारीले महिला आयोगमा उजुरी दिएका थिए।
उजुरी दिने विषय थाहा पाएपछि कर्मचारीलाई कार्यकक्षमा बोलाइ धम्काएको समेत उजुरीमा उल्लेख थियो ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












